शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

एक वर्ष भित्र सवारी दुर्घटनामा ४२ जनाको मृत्यु

उदयपुर, भदौ ११ गते ।

उदयपुरमा एक वर्ष भित्र सवारी दुर्घटनामा ४२ जनाको मृत्यु भएको एक तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा सवारी साधन दुर्घटनामा ४२ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्कले देखाएको हो ।

सवारी दुर्घटनामा ४२ जनाको मृत्यु, ८३ जना गम्भिर घाईते र १ सय ४७ जना सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटको तथ्याङ्कले देखाएको छ । दुर्घटनामा ३६ जना पुरुष, ४ जना महिला र २ जना बालकको मृत्यु भएको तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी गम्भिर घाईते हुनेमा ५० जना पुरुष, १७ जना महिला, ८ जना बालक र ८ जना बालिका रहेको छ भने सामान्य घाईतेमा ७१ जना पुरुष, ३८ जना महिला, १७ जना बालक र १९ जना बालिका रहेको तथ्याङ्कले देखाएको छ ।

साना ठूला १ सय २९ वटा सवारी साधन दुर्घटना भएको तथ्याङकले देखाएको छ । जसमध्ये १६ वटा ट्रक, १ वटा बस, १४ वटा कार÷जिप÷भेन, १५ वटा ट्याक्टर, १३ वटा टेम्पो, ६६ वटा मोटरसाईकल र ४ वटा अन्य सवारी साधन दुर्घटना भएको तथ्याङकले देखाएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७४/७५ मा सवारी दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ भने ८६ जना गम्भिर घाईते र ६७ जना सामान्य घाईते भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

दुर्घटनामा ३० जना पुरुष, ३ जना महिला, १ जना बालक र १ जना बालिकाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी गम्भिर घाईते हुनेमा ५५ जना पुरुष, १५ जना महिला, ११ जना बालक र ५ जना बालिका रहेको छ भने सामान्य घाईतेमा ३९ जना पुरुष, १७ जना महिला, ९ जना बालक र २ जना बालिका रहेको तथ्याङ्कले देखाएको छ ।

साना ठूला १ सय २४ वटा सवारी साधन दुर्घटना भएको तथ्याङकले देखाएको छ । जसमध्ये १२ वटा ट्रक, ६ वटा बस, २३ वटा कार/जिप/भेन, ११ वटा ट्याक्टर, ८ वटा टेम्पो, ५९ वटा मोटरसाईकल र ६ वटा अन्य सवारी साधन दुर्घटना भएको तथ्याङकले देखाएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७३/७४ मा सवारी दुर्घटनामा २० जनाको मृत्यु भएको छ भने १ सय २५ जना गम्भिर घाईते र ८६ जना सामान्य घाईते भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

दुर्घटनामा ११ जना पुरुष, ४ जना महिला, ३ जना बालक र २ जना बालिकाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी गम्भिर घाईते हुनेमा ७९ जना पुरुष, २३ जना महिला, १७ जना बालक र ७ जना बालिका रहेको छ भने सामान्य घाईतेमा ४९ जना पुरुष, २३ जना महिला, ८ जना बालक र ६ जना बालिका रहेको तथ्याङ्कले देखाएको छ ।

साना ठूला १ सय ४१ वटा सवारी साधन दुर्घटना भएको तथ्याङकले देखाएको छ । जसमध्ये १३ वटा ट्रक, १६ वटा बस, २२ वटा कार÷जिप÷भेन, १५ वटा ट्याक्टर, ६ वटा टेम्पो, ६५ वटा मोटरसाईकल र ४ वटा अन्य सवारी साधन दुर्घटना भएको तथ्याङकले देखाएको छ ।

यस तथ्याङ्कले वर्षेनी सवारी साधन दुर्घटना र मानविय क्षती बढ्दै गएको देखिन्छ । क्षमता भन्दा बढी यात्रु बोक्ने, तिव्र गति र मादक पदार्थ सेवनले गर्दा दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटको प्रमुख प्रहरी नायव निरिक्षक दिनेश कुमार चौधरीका अनुसार बताए ।

दुर्घटना हुनुको मुख्य कारण भनेकै ट्रफिक नियम पालना नगर सवारी साधन चालनु र बढ्दो सवारी साधनको चाप रहेको कार्यालयले जनाएको छ ।कार्यालयले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएपनि चालक र सहचालकको लापरबाहीले दुर्घटना निम्तिएको पाईएको जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: