शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

ट्रायल पास गराई दिने भन्दै पैसा लिने २ जना पक्राउ

भदौ ११ गते ।

ट्रायल परीक्षा पास गराईदिने भन्दै सर्वसाधरणसँग पैसा लिने दुई जना पक्राउ परेका छन् । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल पास गराइदिने प्रलोभनमा पैसा असुल्ने पक्राउ परेका हुन् ।

सर्लाहीको मलंगवा नगरपालिका–११ निबासी २५ वर्षीय जितेन्द्र यादव र महोत्तरीको महोत्तरी गाउँपालिका–२ निबासी २८ वर्षीय पंकज कुमार सिंह पक्राउ परेको प्रहरीले जनाएको छ ।

जितेन्द्रको साथबाट ४० हजार नगद र विभिन्न व्यक्तिको लाइसेन्स बनाउने कागजात सहित पक्रउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत धनुषाबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

१० जनाको सवारी चालक अनुमति पत्र बनाइदिने भन्दै जितेन्द्रलाई १ लाख ५१ हजारको चेक दिने पंकजलाई पनि पक्राउ गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: