मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

प्रदेश १ को नाम किरात राख्न नेकपा मोर्चाको सक्रियता

भदौ ११ गते ।

प्रदेश न. १ को नाम किरात खाख्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध सामुदायिक मोर्चा किराती राष्ट्रिय मुक्ति मोर्चाले दबाब मुलक कार्यक्रम गर्ने भएको छ ।

पार्टी कार्यालय कोटेश्वर पेरिषडाँडामा बसेको मोर्चा केन्द्रीय पदाधिकारीको बैठकले १ नम्बर प्रदेशको नाम किरात राख्न क्रियाशीलहुने निर्णय गरेको हो । प्रदेश संसदमा दवाव दिने उदेश्यले भेटघाट, अन्तरक्रिया, सांस्कृतिक तथा सभाहरु गर्ने निर्णय भएको मोर्चाको अध्यक्ष राजन किराती (बासु)ले बताए ।

मोर्चाले यस अघि पनि नेकपा अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा बृहत अन्तरक्रिया गर्नुको साथै प्रदेश प्रमुख गोविन्द लिम्बू, मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदिपकुमार भण्डारी, प्रतिपक्ष दलका नेता र सांसदहरुलाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रदेशको नाम किरात राख्न छलफल तथा दवाव दिने उदेश्यले संविधान दिवसको अवसर पारेर अशोज ४ गते काठमाडौं र सुनसरीमा किरात सांस्कृतिक सभाको आयोजना गर्ने निर्णय भएको मोर्चाको महासचिव अर्जुन किरातीले बताए ।

गत भादौ ७ गते बसेको बैठकले उत्पीडित समुदायको आरक्षण लोक सेवा आयोगले कटौती गरेको प्रति भ्रत्सना गर्दै सामुदायिक अधिकार स्थापनाको हुने आन्दोलनमा मोर्चा सहभागि हुने निर्णय भएको उपाध्यक्ष प्रकाश बान्तावा राईले बताए ।

दुई पार्टी एकतापछि किराती मोर्चाको भूमिका र संगठनको कार्य्दिशा निर्धारण गर्न प्रतिवेदनसहित नाराको बारे समेत छलफल भएको थियो ।

पहिचानको आधारमा नाम राख्न दवावको साथै विकास र संमृद्धि लागि लाग्नु पर्ने पार्टी केन्द्रीय सदस्य तथा मोर्चा इन्चार्ज शुरेस राई (हिमाल)ले बताए ।

प्रतिक्रिया

%d bloggers like this: