शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

ब्राउन सुगरसहित ४ जना पक्राउ

झापा, भदौ १२ गते ।

झापामा लागु औषध ब्राउन सुगर सहित चार जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण व्यूरो काकडभिट्टाले बुधबार विभिन्न ठाउँबाट चार जनालाई पक्राउ गरेका हो ।

मेच नगरपालिका–६ भन्सार गेटबा दिउँसो पौने १ बजे मोरङको बेलबारी नगरपालिका – ३ निबासी २४ वर्षीय सन्तोष खड्का र १९ वर्षीय सोनाम लिम्बुलाई एक ग्राम एक सय मिलिग्राम ब्राउन सुगर प्रहरीले पक्राउ गरेको जनाएको छ ।

मेनपा – ७ गैह्री गाउँबाट दिउँसो ५ बजे बेनपा–३ निबासी १९ वर्षीय सुरज खवासलाई ५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको लागु औषध नियन्त्रण ब्यूरो काकडभिट्टाले जनाएको छ ।

त्यस्तै विर्तामोड नगरपालिका – ५ बाट राती साढे ८ बजे हल्दिबारी गाउँपालिका – १ घर भएका (हाल) वितामोड नपा – ४ निबासी २६ वर्षीय मनोज गुरुङलाई ९० ग्राम ब्राउन सुगर सहित लागु औषध ओसारपसरामा प्रयोग भएका मे ९ प ४८३२ नम्बरको मोटरसाईकल पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया