सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

पहिलो नेपाली ध्वजावहाक जाहाज जापानमा

भदौ १२ गते ।

नेपाली ध्वजावहाक जहाजले पहिलो पटक जापानमा बिहिबार यात्रुसहित अवतरण गरेको छ । काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाजले १ सय ३४ जना यात्रु लिएर जापान पुगेको हो ।

काठमाण्डाँैबाट उडेको जहाज जापानको ओशाकाको कान्साई इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको थियो । ८५ जनाले टिकट काटेका थिए भने ४९ जनाको सरकारी–निजी क्षेत्रका प्रतिनिधीको टोली पहिलो उडानमा सहभागी भएको निगमले जनाएको छ ।

गतराति पर्यटनमन्त्री योगेश भट्टराईले विदाई गरको नेपाली टोलीको नेतृत्व पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले गरेको थियो ।

ए ३३०–२०० जहाजको पहिलो लामो दुरीको उडान पनि हो । जहाजको उडान बिहीबार बिहान साढे २ बजे राखिएको भएपनि २ः३९ मा त्रिभुवन विमानस्थलबाट उडेको थियो । यस जहाजको क्षमता २ सय ७४ सिट रहेको छ । वरिष्ठ क्याप्टेन महेश्वरमान डंगोल र श्रवण रिजालको कमाण्डमा जहा उडेको थियो भने फर्कदा विजय लामाले कमाण्ड गर्नेछन् ।

प्रतिक्रिया

%d bloggers like this: