शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

काठमाण्डौँमा नेपाल–भुटान तेस्रो व्यापार वार्ता सुरु

भदौ १२ गते ।

८ वर्षपछि नेपाल र भुटान विच तेस्रो बाणिज्य बार्ता काठमाण्डौमा सुरु भएको छ । द्विपक्षीय व्यापार सम्बन्ध टुटेको ८ वर्ष पछि दुई देश विच तेस्रो वाणिज्य वार्ता बिहीबारबाट सुरु भएको हो ।

धेरैपछि भएको वार्तामा दुई देशबीचको वाणिज्य व्यापार सहजीकरणमा छलफल केन्द्रित हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग–वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गरेका छन् । भुटानी प्रतिनिधिमण्डलको नेतृत्व भने भुटानी अर्थमन्त्रालयका व्यापार महाशाखा निर्देशक सोनाम तेन्जिङले गरेका छन् ।

नेपाली वार्ता टोलिका प्रमुख सहसचिव ढकालका अनुसार वार्तामा नेपालले द्विपक्षीय व्यापार सम्झौता गर्ने गरी तयारी गरेको छ । ‘भुुटानी प्रतिनिधिमण्डलले तयारी कस्तो गरेको छ त्यसैका आधारमा ब्यापार सम्झौता तय हुनेछ,’ सहसचिव ढकालले भने ।
बार्तामा दुई देशबीचको व्यापार मार्ग, निर्यात र आयातमा अनुदान एवं कर छुट तथा दुई देशबीचको व्यापार बढाउन सरकारी तहबाट गरिने पहलमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

नेपाली व्यवसायीहरुले भुटानसँग गर्न सक्ने ब्यापारबारे सुझाएका वस्तु नेपालले भुटानसँग सहुलियत र कर छुटबारे प्रस्ताव राख्ने तयारी गरेको मन्त्रालयले जनाएको छ ।

नेपालबाट भुटानमा साबुन, चाउचाउ र चाउमिन मात्र निकासी हुने गरेको छ । नेपालले भुटानबाट कोइला तथा निर्माण उपकरणहरु आयात गर्ने गरेको वाणिज्य मन्त्रालयले जनाएको छ ।

नेपालले भुटानबाट एक अर्ब बराबरीको आयात गर्ने गरेको छ भने निर्यात १ करोड मात्रै रहेको मन्त्रालयले जनाएको छ । नेपाल भुटान द्विपक्षीय पहिलो व्यापार वार्ता सन् २०१० मा काठमाडौमा भएको थियो ।

प्रतिक्रिया

%d bloggers like this: