आइत, जेष्ठ २, २०७८
Sun, May 16, 2021

पाल्न दैलेख लगेका २३ गाईको मृत्यु

भदौ १३ गते ।

पाल्नका लागि बाँकेबाट दैलेख लगिएका गाई २३ वटा गाई सुर्खेतमा मृत भेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको कान्जी हाउसबाट दैलेख गाई वीरेन्द्रनगर नगरपालिककोा कट्कुवामा मृत भेटिएको हो ।

गतराति २ सय ९१ वटा गाई ८ वटा ट्रकमा लगिएको थियो । त्यसमध्ये २३ वटा गाई मरेका छन् भने अरु गाई सडक र जंगलमा अलपत्र अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

उक्त स्थान अझै करिब १ सय ५० वटा जति गाई छरपस्ट अवस्थामा रहेको प्रहरीले जनाएको छ । दैलेखका कृषकले पाल्ने भनेकाले लान अनुमति दिएको जिल्ला प्रशासन बाँकेले जनाएको छ ।

शंकास्पद ५ वटा गाडीलाई नियन्त्रणमा लिइसकेको छ भने घटनामा संलग्न हुनसक्ने व्यक्तिको खोजी भइरहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: