मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

दुई जोर खानीलाई उत्खनन अनुमति

भदौ १३ गते ।

नेपालको चार वटा खानीले उत्खननका लागि खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको छ । चुनढुङ्गा, क्वार्जजाईट, पथर तथा कोईला उत्तखनको लागि विभागले अनुमति दिएको हो ।

चालु आर्थीक वर्षमै स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा कोइला र गुँरास स्टोन उद्योग प्रालिलाई क्वार्जजाइट उत्खननका लागि अनुमति दिएको विभागले जनाएको छ ।

खनिज उत्खननका लागि आएका निवेदनलाई आवश्यक अनुसन्धान गरेर अनुमति दिएको विभागले जनाएको छ । विभागले आव ०७५/७६ मा खनिज उत्खननका लागि नौ कम्पनीलाई अनुमति दिएको थियो । जसमध्ये चुनढुङ्गा उत्खननमा मात्र छ वटा रहेका रहेका छन् ।

आव ०७५/७६ मा चुनढुङ्गा उत्खननका लागि स्वीकृत दिएको कम्पनीमा विशाल सिमेन्ट इण्डट्रिज प्रालि, ऋद्धिसिद्धी सिमेन्ट प्रालि, शुभश्री अग्नि सिमेन्ट प्रालि, मेगा सिमेन्ट प्रालि, सम्राट सिमेन्ट कम्पनी प्रालि र पञ्चकन्या सिमेन्ट प्रालि रहेका विभागले जनाएको छ ।

यसबाट ६१ करोड ८१ लाख ५६ हजार १ सय ६५ राजश्व सङ्कलन समेत भएको थियो । त्यस्तै विभागले आव २०७/०७६ मा ऋद्धि गणेश हिमाल जेम्स एण्ड मिनिलर प्रालि र हिमालय रक एण्ड ह्याण्डिक्राफ्ट प्रालिलाई खनिज उत्खनन रोक्का गरेको छ ।

गत आवमा ८२ वटा कम्पनीले खनिज उत्खनन गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: