शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

चपली हाईट ३ मा अभिनेत्री स्वस्तिमा

भदौ १३ गते ।

‘चपली हाईट ३’ चलचित्रमा भिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने भएको छ । निकेश खड्काको निर्देशनमा तयार हुने चलचित्रमा अभिनेत्री स्वस्तिमाले अभिनय गर्ने पक्का भएको हो ।

चलचित्र ‘बुलबुल’ बाट प्रशंसा पाएकी स्वस्तिमाले भर्खरै प्रदर्शन भएको फिल्म ‘हजार जुनीसम्म’ मा भने चर्चा कमाउन सकेनन् ।

चपली हाइट ३ को लागि स्वस्तिमासँगै सौगात मल्ल, सृष्टी श्रेष्ठ, प्रतीक श्रेष्ठ र अमिर गौतम फाइनल भएका छन् । उक्त चलचित्रको छायांकन दशैँपछि देखि हुने जनाईएको छ ।

प्रतिक्रिया