शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

ट्वीटर संस्थापककै अकाउन्ट ह्याक

भदौ १४ गते ।

ट्वीटर सस्थापक एवम् अहिलेको सिईओ ज्याक डोर्सीको ट्वीटर अकाउन्ट ह्याक भएको छ । सामाजिक सञ्जाल ट्वीटरको संस्थापक डोर्सीको ट्वीटर अकाउन्टबाट ह्याकर्सले आपत्तीजनक र नश्लभेदी ट्वीट गरेपछि ह्याक भएको खुलेको हो ।

डोर्सीको ट्वीट अकाउन्ट आधा घण्टासम्म देखिन्थ्यो । तर, पछि ट्वीटरको टिमले डोर्सीको अकाउन्ट रिकभर गरेका थिए । डोर्सीको करिब ४२ लाख फलोअर्स छन् ।

घटनाको चेक जाँच जारी रहेको ट्वीटरले जनाएको छ । डोर्सीको ह्याक अकान्टबाट रिट्वीट गरिएका अकाउन्ट सस्पेन्ड गरिएको छ भने शंकास्पद अकाउन्टहरुलाई बन्द गरिएको ट्वीटरले जनाएको छ ।

डोर्सीको अकाउन्ट ह्याक गरेर ह्याकरले हिटलरको समर्थनमा ट्वीट गर्दै ज्याकमाथि नश्लीय टिप्णी सहितको केहि सन्देश पोष्ट गरेको थियो । यस्ता म्यासेज केही समयपछि ट्वीटरले डिलिट गरेको छ ।

चकल स्क्वाड नामको एक समूहले डोर्सीको अकाउन्ट ह्याक गरेको जिम्मेवारी लिएको छ ।

प्रतिक्रिया

%d bloggers like this: