मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

बालिकाहरुका लागि जीवन उपयोगी सीप शिविर हुदै

पूर्णपुष्टि, भदौ १४ गते ।

जीवन उपयोगी सीप शिविर नेपालगञ्जमा हिजोदेखि सुरु भएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा भएको शिविरमा बाँके जिल्लाका ११ विद्यालयका कक्षा ९ का ६० जना बालिकाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । होटेल मारुतीनन्दन र होटेल मयुर, नेपालगन्जमा ३०÷३० जनाको समूहमा शिविर संचालन भइरहेको छ ।

पढ्नका लागि कोठाद्वारा संचालित बालिका शिक्षा कार्यक्रम अन्तर्गत जोखिममा देखिएका बालिकाहरु र उदाहरणीय वालिकाहरुलाई शिबिरमा सहभागिता गराईएको हो । बालिकाहरुले जीवन उपयागी सीपबारेको सिकाइ तथा राम्रा अभ्यासहरुको आदान प्रदान गर्ने र विभिन्न क्रियाकलापहरुमा सहभागी गराई आन्तरिक प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यले शिविरको आयोजना भएको हो । साथै उनीहरुमा आत्मविश्वास बढाउने तथा जोखिबाट आफूलाई बचाउने उपायहरु सिकाउने र प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रम अधिकृत सुष्मा राईका अनुसार जीवन उपयोगी सीपका १० तत्वहरु, प्रभावकरी संचार सीप, नेतृत्व सीप, ढिलो विवाह, लक्ष्य र लक्ष्य पूरा गर्ने योजना, यौन रोग तथा प्रजनन् स्वास्थ, बाल अधिकार, कर्तव्य र कानूनी प्रावधानहरु, दुव्र्यवहार र कानूनी प्रावधानहरु, स्वस्थ सीमाहरुको निर्धारण जस्ता विषयहरु शिबिरमा समेटिएका छन् । त्यसैगरी अतिरिक्त क्रिकलापहरुमा चित्रकला सीप प्रदर्शनी, जीवन उपयोगी सीप क्लवको संरचना तथा कार्य जिम्मेवारीबारे अभिनय, सिकाई छलफल तथा अध्ययन समेटिएका छन् ।

बाँके फिल्ड कार्यालयले बालिका शिक्षा कार्यक्रम अन्तर्गत बाँके र बर्दिया जिल्लाका करीव ३६ सय बालिकाहरुलाई जीवन उपयोगी सीप शिक्षा प्रदान गर्दै आइरहेको छ । जसले बालिकाहरुलाई आफ्नो दैनिक जीवनमा आइपर्ने समस्याहरुलाई समाधान गरी जीवनलाई सहज बनाउदै माध्यमिक शिक्षा पूरा गर्न सहयोग पु¥याउने गर्दछ ।

संस्थाले वर्षमा कक्षा ८ र ९ का बालिकाहरुको लागि १५ देखि १८ वटा जीवन उपयोगी सीप शिविर संचालन गर्दै आइरहेको जनाएको छ । कक्षा ६ देखि १२ सम्मका बालिकाहरुलाई जीवन उपयोगी सीपको माध्यमद्वारा आफ्ना जीवनका महत्वपूर्ण निर्णयहरु गर्न सक्षम बनाई माध्यमिक शिक्षा उतीर्ण गर्न सहयोग पु¥याउने उद्देश्यले बालिका शिक्षा कार्यक्रम संचालन गर्दै आएको छ ।

प्रतिक्रिया

%d bloggers like this: