शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

जीप दुर्घटनामा १५ जना घाइते

भदौ १५ गते ।

धादिङमा जिप दुर्घटना हुदा १५ जना घाईते भएका छन् । खरीबाट धादिङबेसीतर्फ आउँदै गरेको जीप आइतबार दुर्घटना हुँदा घाईते भएका हुन्् ।

ज्वालामुखी गाउँपालिका –५ साँधभञ्ज्याङमा ओभर ट्याक गर्ने क्रममा तिज मनाउन माईत हिडेका यात्रु बोकेका बा १ झ ५४३१ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ज्वालामुखी गाउँपालिका खरी निबासी २९ वर्षीय सोमबहादुर मंग्राती, २२ वर्षीय लक्ष्मी रोक्का, १२ वर्षीय रमेश रोक्का‚ २५ वर्षीया गिता रोक्का‚ २२ वर्षीय धन बहादुर दुवाडी ६ वर्षीया रोचिता गुरुङ, १० वर्षीया सरिता रोक्का, १० वर्षीया पार्वती नेपाली‚ ५० वर्षीया देबकुमारी थापामगर, ५० वर्षीय मायादेवी आले, १० वर्षीया सुनिल बालकोटी, १३ वर्षीया सिर्जना नेपाली र ५ नम्बर वडाकाको १७ वर्षीया सरस्वती गुरुङ घाईते भएका प्रहरीले जनाएको छ ।

दुर्घटनामा १० जना महिला र ५ जना पुरुष घाईते भएका छन् । सामान्य १३ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने गम्भिर घाईते भएका दुवाडी र गुरुङलाई थप उपचारका लागि काठमाण्डौको ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: