शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

सोसाईटी चेन्ज गर्न धेरै कामहरु गर्नुछ : एनिका र अनमोल, लिटल आइकन–२

कला/मनोरञ्जन (कुराकानी)

क्यानभास एकेडेमी, गाईघाटमा कक्षा ८ मा अध्ययनरत एनिका खड्का गत भदौ ७ गते गाईघाटमा भएको यमाहा मिस्टर एण्ड मिस लिटल आईकन, सिजन–२ को विजेता हुन् । बालबालिकाका क्षमता, प्रतिभालाई प्रस्तुतीको अवसर दिदै उनीहरुमा आत्मविश्वास बढाउने उद्देश्यले आयोजित उक्त कार्यक्रमबाट उनी उदयपुरको दोस्रो लिटल आइकन बनेकी हुन् । बुबा टिका खड्का र आमा निर्मला खड्काको साथ, सहयोग र साथीभाइको प्रेरणाबाट आइकन बनेको बताउने एनिका सानै भएपनि कुराकानीमा परिपक्कता र बौद्धिकता देखाउछिन् । त्यसैले पनि उनी आइकन बन्न सफल भईन् ।
उनी जस्तै केटाहरुको तर्फबाट उदयपुर इङ्लिस बोर्डिङ स्कुल गाईघाटमा कक्षा ६ मा अध्ययनरत अनमोल थापा पनि आइकन बनेका छन् । बुवा अस्विनकुमार थापा र आमा सरिता गेलाल थापाको साथ र सहयोगबाट आइकनमा भाग लिएर आइकन बन्न सफल भएका उनी रमाईलो कुराकानी गर्नमा पनि माहिर देखिन्छन् । पूर्णपुष्टिकी सम्बाददाता प्रतिक्षा मगरले दुबैसंग गरेको रमाईलो कुराकानी प्रस्तुत छ :

पूर्णपुष्टि : कस्तो लागिरहेको छ लिटल आइकन बन्न पाउदा  ?
एनिका : मलाई एकदमै प्राउड फील भइरहेको छ र खुसि पनि लागिरहेको छ । तेत्तिका धेरै कन्टेस्टहरु हुनुहुन्थ्यो, सवैजनालाई जितेर आफु विनर हुँदा एकदम धेरै प्राउडको कुरा हो ।
अनमोल : म त यति खुसि भए की, म भन्न पनि सक्दीन । सुरुमा, चाँहि टप फाइभमा आउदा अलि डर लागेको थियो तर पछि सबै ठीक लाग्यो ।
पूर्णपुष्टि : लिटल आइकन हुन कसरी सफल हुनु भयो त ?
एनिका : पहिलो कुरा त मेरो परिवारले सपोर्ट गर्नुभयो । यदि मेरो परिवारले सपोर्ट नगर्नु भएको भए म यहाँसम्म आइपुग्ने थिइन होला । त्यसपछि आफ्नो मेहनत र कोरियोग्राफरले जसोजसो भन्नु भयो त्यसरी नै मेहनत गर्दै गएँ । यसैगरी म सफल हुन पुगँे ।
अनमोल : मलाइ बाबाले ठूलो सपोर्ट गर्नुभयो । उहाँले मलाई बाबु तिमी फस्ट हुन्छौं भनेर प्रेरणा दिइरहनुहुन्थ्यो ।

पूर्णपुष्टि : लिटल आइकन नै बन्छु भन्ने होप चाँही कति थियो ?

एनिका : सबैलाइ होप त हुन्छ नै । मलाई पनि होप त थियो । थर्टीन जना कन्टेस्टमा डर त लाग्थ्यो । कसैलाइ चिनेको थिइन । म त्यहा भइन भने के गर्ने ? कसो गर्ने ? म त्यहा हुन्छु कि हुदिन ? त्यहि पनि मैले फीनालेमा राम्रो तयारी गरेपछि टप टप फीप्टीन भएँ । टप फिप्टिनमा मेरो नाम आयो, धेरै खुसी भएँ । त्यसपछि टप फाइभ आइपुगेँ । यसरी नै विनर हुन पुगेँ ।
अनमोल : होप त थियो तर म भन्दा पनि राम्रो–राम्रो कन्टेस्टहरु थिए । म चाँहि कसरी भए त्यो मलाई थाहा भएन ।

पूर्णपुष्टि : आइकन भन्नाले के रहेछ त ?

एनिका : आइकन भनेको आफैलाई रीप्रीजेन्ट गर्नु हो । अरुले जे सिकायो त्यहि गर्ने, पढाइ भन्दा फाल्टो अरु केहि गर्नु । आफुले केहि गर्नु पढाइको इन्भाइरोमेन्ट भन्दा बाहिर बसेर पढाइ भन्दा फाल्टो सोचेर, आफ्नो ट्यालेन्टलाइ रिप्रीजेन्ट गर्नु भनेको आइकन हो जस्तो लाग्छ ।

पूर्णपुष्टि : अहिले यो सानो उमेरमा लिटल आइकन बन्नु भयो, अब भबिष्यमा के बन्नु हुन्छ ?

एनिका : अब, म त अहिले पढ्दै छु । मेरो प्राथमिकता चाँहि पढाइ नै हुन्छ । पढ्दै जाने हो । अब पढ्दै जादा के हुन्छ । मेरो लक्ष भनेको डक्टर बन्नु हो ।
अनमोल : मेरो बाबा चिफ डिस्ट्रीक अफीसर बन्न चाहानु हुन्थ्यो तर बन्न सक्नु भएन । म चाँहि चिफ डिस्ट्रीक अफीसर बन्न चाहान्छु ।

पूर्णपुष्टि : अब केही रुचिका कुरा गरौ है…
-कुन खेल मन पर्छ
अनमोल : ब्याडमिन्टन
एनिका : फुटबल

-कुन रङ मन पर्छ
अनमोल : रेड
एनिका : पर्पल

-सबैभन्दा मन पर्ने खानेकुरा के हो ?
अनमोल : म्याङगो
एनिका : फ्रुटमा चाहि म्याङगो । खानेकुरामा मम, चाउमिन, पानीपुरी, चटपटे ।

-राम्रो लागेको शिक्षक को हुनुहुन्छ ?
अनमोल : कृष्ण शर्मा सर ।
एनिका : सबैजना मन पर्छ, स्कुलमा म क्यानभास पढ्दा धेरै सपोर्ट गर्ने महेश पोखरेल सर हुनुहुन्थ्यो, उहाँ नै हो ।

पूर्णपुष्टि : अव, केही समान्य ज्ञानतिर पनि जाउँ है…
-बलदेव चौधरी कुन नगरपालिकाको मेयर हुनुहुन्छ ?
एनिका : त्रियुगा नगरपालिका ।

-बीरबहादुर बुढामगर प्रहरीको को हुनुहुन्छ ?
दुबै : थाहा छैन ।
(जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी)

-उदयपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी थाहा छ ?
दुबै : थाहा छैन ।
(ध्रुबबहादुर खड्का)

-त्रियुगा नगरपालिका कतिवटा वडाहरु छन् ?
एनिका : १६ वटा

-उदयपुरको प्रमुख धार्मीक एवम् पर्यटकीय स्थल रौता पोखरी कुन गाउँपालिकामा पर्छ ?
एनिका : रौता पोखरी

पूर्णपुष्टि : अव, फेरी आइकनतर्फ नै जाउँ है…
आइकन भएपछि समाजमा के भूमिका हुन्छ जस्तो लाग्छ ?

एनिका : आइकन भएपछि, फाल्टै एस्पेक्ट त हुन्छ नै । तर, सोसाईटीमा चाँही सबैले मोडलिङ भनेपछि राम्रो मान्दैन, नेगेटिभ इन्पेक्ट परेको छ । पढाई विगार्ने, यताउति भन्छन् । अव म आइकन भएँ, मेरो रेस्पोन्सीबीलिटी भनेको मोडलिङको बारेमा राम्रो नोटिस दिने सबैलाई । मोडलिङको कारणले पढाई विग्रिन्छ भन्छन् त्यो हैन । भर त आफुमा पर्छ नी । आफुले पनि गर्न सक्नु पर्यो । त्यस्ता सोसाईटीबाट नेगेटिम इन्प्याक्ट हटाउने, सबैलाई राम्रो काममा इन्करेज गर्ने, मोडलिङका राम्रो इन्फरमेसनहरु दिने र सोसाईटीमा आफुले सक्दो सहयोग गर्ने, त्यही हो ।
अनमोल : म चाँही साथीहरुलाई सुुनाउछु । कसरी फस्ट भए भन्ने कुरा भन्छु ।

पूर्णपुष्टि : यो त एउटा प्रतिभा भयो, अरु–अरु प्रतिभाहरु पनि होलान नी ? जस्तौ नाँच्न, गाउँन….

एनिका : स्कूलमा प्रोग्रामहरु भईराख्छ । डान्स गर्छु, साथीहरुसंग गाउँछु । स्पोर्टस्हरुमा पनि पार्टिसिपेन्ट हुन्छु । डिभेटहरुमा पनि पार्टिसिपेन्ट भईराख्छु ।
अनमोल :खासगरी क्लावसमा चाँही जोक भन्दा सबैजना हाँस्छन् ।

पूर्णपुष्टि : कुराकानीका लागि समय दिनुभयो, धेरैधेरै धन्यवाद ! अव पनि यस्तै प्रयासहरु गर्दै जाँनु शुभकामना । अन्तमा केही छ की ?

अनमोल : मिथुन सरलाई धन्यवाद दिन चाहन्छु ।
एनिका : यो पटकको सिजन टुमा हामी दुईजना आइकन भयौं । सोसाईटीलाई चेन्ज गर्न धेरै कामहरु गर्नु पर्नेछ । त्यहि कामका लागि हजुरहरु सबैको सपोर्टको आशा गर्दर्छौ । साथै सम्पूर्ण आयोजक टिमहरु, मिथुन सर, निसान सर, सभ्याता म्याम, मिन्टरहरुलाई धेरैलाई थ्याङ्क्यु भन्न चाहन्छौं । हजुरहरुलाई पनि थ्यांक्यू भन्न चाहन्छौं ।

प्रतिक्रिया

%d bloggers like this: