शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

भारतको खेलले ईपीजी प्रतिवेदन अन्योलमा

भदौ, १६ गते ।

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को संयुक्त प्रतिवेदन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिदा सार्वजनिक गर्न ढिलाइ भइरहेको छ । त्यसैबेला भारतले ईपीजीका भारततर्फका संयोजक भगतसिंह कोसियारी महाराष्ट्र राज्यको राज्य पाल नियुक्त भएका छन् ।

राज्यपालमा कोसियारी नियुक्त भएपछि प्रतिवेदनको कार्यान्वयनलाईमा थप अन्योल सिर्जना भएको छ । ईपीजीको दुईवर्षे समावधिमा ९ वटा संयुक्त बैठक बसेको थियो । गत वर्ष काठमाण्डौमा बसेको बैठकले संयुक्त प्रतिवेदनलाई अन्तिम रुप दिएको थियो ।

अन्तिम रुप पाएको प्रतिवदेन दुवै देशका प्रधानमन्त्रीलाई औपचारिक कार्यक्रमबीच हस्तान्तरण गर्ने सहमति उक्त बैठकमा भएको थियो । त्यसअनुसार पहिले भारतीय प्रधानमन्त्री मोदी र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवदेन बुझाउने सहमति भएको थियो ।

भारतको यस्तो खेलले ईपीजी प्रतिवेदन बुझिएला भन्ने आस हराएको ईपीजीका एक सदस्य सूर्यनाथ उपाध्याय बताए । उनले भने ‘ईपीजी प्रतिवेदन किन अस्वीकार्य भएको हो, म आफै अन्यौलमा छु,’ ‘भारतले प्रतिवेदन रिपोर्ट बुझिदेला भनेर पर्खेर बस्ने होइन, आफ्नो हितका कामकुरा हामी आफैले थाल्नुपर्यो ।’

राज्यपालमा नियुक्त भएका कोसियारी आफू जुनसुकै भूमिकामा भएपनि पुरानो परिचय नफेरिने बताउँछन् ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

%d bloggers like this: