शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

डोरिअन आँधीपछि आपतकाल घोषणा

भदौ १६ गते । 

२१ औँ शताब्दिकै शक्तिशाली मानिएको डोरिअन समुद्री आँधी पश्चिमी बहमासमा आएको छ । प्रतिघण्टा २ सय ८५ किलोमिटरका वेगमा आएको आँधीले बहमासको द्विपमा क्षती गरेको हो ।

आँधीलो भूस्खलन भएपछि हजारौँ घरहरुमा क्षती भएको छ । आँधीले अहिलेसम्म कसैको ज्यान नगएको बहमासको पर्यटन मन्त्रालयकाले जनाएको छ ।

बहमासबाट फ्लोरिडामा आतंक मच्चाउन सक्ने भएकाले पहिला नै सुचना गरीएको छ । अमेरिकी राज्यहरु फ्लोरिडा, जर्जिया, उत्तर र दक्षिण क्यालिफोर्नियामा आपतकाल घोषणा गरिएको छ ।

आँधीले कतिपय ठाउँमा विजुली बत्ति र ईन्टरनेट सेवा अवरुद्ध भएको छ । आँधी तिब्र गतिमो फ्लोरिडा राज्यतर्फ बढेकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पोल्याण्ड भ्रमण रद्द गरेका छन् ।

प्रतिक्रिया

%d bloggers like this: