मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

दर्जनौ महिला बलात्कार गर्ने एक युवक पक्राउ

 भदौ १७ गते ।

सप्तरीमा एक दर्जन बढी महिलालाई जागिरको प्रलोभन देखाई बलात्कार र लुटपाट गर्ने एक जना पक्राउ परेको छ । अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ निबासी २८ वर्षीय सञ्जीव खड्का नाम भन्ने सन्तोषकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

धेरै महिलाहरुलाई रोजगारी डटकममार्फत एनआईसी बैंकलगायत विभिन्न गैरसरकारी संस्थामा जागिर लगाइदिने भन्दै सम्पर्कमा ल्याई बलात्कार र लुटपाट गर्ने सन्तोषलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

सामाजिक सञ्जाल र ईमोमार्फत फोन गरि जागिर लगाई दिने भन्दै विराटनगर बोलाई सन्तोषले आफ्नो गाउँ लगी बलात्कार र लुटपात गर्ने गरको प्रहरीले जनाएको छ । आरोपितविरुद्ध पाँच जनाको उजुरी परेको र मौखिक उजुरी दिने अन्य महिला पनि प्रहरीको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।

सन्तोषलाई पक्रनु पहिलानै उनको घरमा छापा मारी लुटिएका युवतीको मोबाइल, नगद र गरगहना बरामद गरिसकेको प्रहरीले जनाएको छ । सन्तोषको घरबाट लुटिएका महिलाको पर्स, आठ वटा मोबाइल, सुन र चाँदीका गरगहना, ३४ हजार नगद, सनराइज बैंकको भिसा कार्ड, दुई वटा चेकबुक, आन्तरिक राजश्व विभागको एक पोका स्टिकर, चक्कु, खुकुरी र छुरी बरामद गरेको  प्रहरीले जनाएको छ ।

नेपालगञ्ज, सिन्धुपाल्चोक, सोलुखुम्बु, कञ्चनपुरलगायत विभिन्न जिल्लाका युवतीलाई जागीरको प्रलोभनमा पारि सन्तोषले बलात्कार र लुटपाट गरेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा भदौ १४ गते मोरङको बुढीगङ्गा गाउँपालिका–३ नेमुवाको कोठाबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विराटनगर बोलाईएको युवतीलाई सन्तोषले दिनभर अलमल गरी साँझ पार्ने गरेको पीडितले बताएका छन् । साँझ परेपछि ‘विराटनगरको जागिर त खुस्कियो सप्तरीमा एउटा जागिर बाँकी छ, विराटनगरबाट बिहानै पुग्न नसकिने भएकोले अहिले नै जाऊँ’ भनेर आफ्नो गाउँ ल्याउने र राति बलात्कार तथा लुटपाट गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सन्तोष जबरजस्ती करणी उद्योगको मुद्दामा कैद भुक्तान नगरी फरार रहेका अभियुक्त समेत रहेको खुलेको प्रहरीले जनाएको छ । विराटनगरमा एक महिलालाई लुटपाट र जबरजस्ती करणी उद्योग गरेको आरोपमा मोरङ जिल्ला अदालतले उनलाई एक वर्ष छ दिनको कैद सजाय सुनाएकोमा कैद भुक्तान नगरी फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: