मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

भारतको दादागीरी विकास निर्माणमा अवरोध

भदौ १८ गते ।

विकास निर्माणको काममा प्रति भारतीय पक्षले अवरोध गरेको हो । कञ्चनपुरको पश्चिमी, दक्षिणी तथा पूर्वी सीमारेखामा विकास निर्माणको भारतीय पक्षको अवरोधका कारण काम ठप्प भएको हो ।

भीमदत्त नगरपालिकाको गड्डाचौकी, जिमुवा, ब्रह्मदेव लगायतका दक्षिणी क्षेत्रका विभिन्न सीमामा विकासको प्रमुख आधार सडक निर्माणमा भारतीय पक्षले अवरोध गरेकाले ग्रावेल र कालोपत्रे गर्न नसकिएको छैन ।

नगरपालिका–१० को जिमुवा प्रहरी चौकी नजिकै सीमास्तम्भ ८०६ ९६ ए० को सडकमा ग्रावेल गर्दा भारतीय पक्षले रोकेकाले गड्डाचौकीबाट जिमुवा हुँदै जाने सडकका केही भागमा वर्षौं बित्दासम्म ग्रावेल तथा कालोपत्रे हुन सकेको छैन ।

सडक ग्राभेल गर्न दिइए पनि कालोपत्रे गर्न नदिइएको नगरपालिका– ११ का वडाध्यक्ष प्रेमप्रकाश जैसीले बताए । भारतीय पक्षले महाकाली, बेलौरी र पुनर्वास नगरपालिकाका भारतसँग सीमा जोडिएका भू–भागका वडा कार्यालयले निर्माण गतिविधि बढाउँदा भारतीय पक्षले रोक्ने गरेको छ ।

सीमा नजोडिएका सडकको कालोपत्रे समेत भईकेपनि सिमा जोडिएको सडकको भने ग्राबेल भन्दा बाँकी काम भएको छैन ।

सीमाको जिरो प्वाइन्टमा काम गर्न नपाइने भन्दै नेपाली पक्षलाई कालोपत्रे गर्न अवरोध गरिएको थियो । साथै भारतीय पक्षले निर्माणाधीन हुलाकी सडक निर्माण भएको भूमि आफ्नो भएको दाबी गरेपछि बेलौरी नगरपालिकको पचुई हुलाकी सडक खण्डमा कालोपत्रेको कार्य अघि बढ्न सकेको छैन ।

यो समाचार आजको समाचारपत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

%d bloggers like this: