बिहि, बैशाख ३०, २०७८
Thu, May 13, 2021

भुक्तानी नदिएसम्म काम गर्न नदिने चेतावनी

भदौ १८ गते । 

मेलम्ची खानेपानी आयोजना छाडेर भागेका निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने मेलम्ची खानेपानी आयोजना पीडित सङ्घर्ष समितिले जनाएको छ ।

सीएमसीबाट भुक्तानी नपाएसम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भन्दै स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले मेलम्चीमा धर्ना कार्यक्रमको घोषणा गरेका हुन् ।

पिडितहरुले समिति गठन गरी प्रतिवेदन दिएपनि सरकारले समाधानको पहल नगरेको भन्दै मेलम्ची आयोजनाको कार्यालयमा पीडितहरू धर्ना बस्ने भएको छ ।

समितिले गत साता जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सात दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियो । सरकारले समाधान गर्छौं भन्ने प्रतिबद्धता गरेपनि अहिलेसम्म पहल समेत नभएकाले आन्दोलन गर्नुपरेको समितिले जनाएको छ ।

प्रतिक्रिया