मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

अख्तियारद्धारा ७ जना विरुद्ध मुद्दा दायर

भदौ १८ गते ।

सेवाग्राहीसँग विभिन्न बाहनामा घुस लिएको अभियोगमा सामुदायिक विद्यालयका एक प्रधानाध्यापकसहित ७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बुधबार मुद्धा दायर गरेको छ ।

नवलपरासीका पाल्हिनन्दन गाउँपालिका–३ को श्री सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरीले शिक्षकको सरुवा तथा रमाना गर्दा ६५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीहरु विरुद्धा मुद्धा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिंह बहादुर कुँवर र खरिदार नरराज पाण्डेले हराएको लालपुर्जाको प्रतिलिपि बनाउन जग्गा नाप जाँच गरिदिए बापत सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस लिएको पुष्टि भएकोले उनीहरु विरुद्ध मुद्धा दायर गरिएको आयोगले जनाएको छ ।

अख्तियारले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख रघुपती चौधरीले अनुदान बापतको ६३ हजार ५ सय ७७ रुपैयाँ हिनामिना गरेको भन्दै मुद्धा दायर गरेको छ ।

काठमाण्डौ मालपोत कार्यालय मनमैजुका कार्यालय सहयोगी कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर के.सी.ले बैंकबाट ऋण दिने प्रयोजनको लागि जग्गा रोक्का गर्न आउने ब्यक्तिहरुसँग जग्गा रोक्का गर्ने वातावरण बनाइदिए वापत ३५ हजार रुपैयाँ घुस लिएको पुष्टी भएपछि उनीहरु विरुद्ध मुद्धा दायर गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: