मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

जीप दुर्घटनामा ३ जनाको मृत्यु, २ जर्दन घाईते

भदौ १८ गते ।

स्याङ्जाको गल्याङमा जीप दर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । गल्याङ् नगरपालिका – ३ चापाकोटको बुटवल पावर कम्पनी नजिकै दुर्घटना हुदा तीन जना मृत्यु भएको छ भने २३ जना घाईते भएका छन् ।

पाल्पाको रामपुरबाट गल्याङ तर्फ आउँदै गरको लु १ ज ३८४१ नम्बरको जीप सडकबाट करिब ४ सय मिटर तल खस्दा जीपमा सवार २ महिला र १ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्याङ्जा वालिङकी मन्जु भण्डारी गैरे, पाल्पाकी फनीमाया नेपाली र वालिङका दुई वर्षीय प्रशन्न दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको स्थानिय सामुदायिक स्वास्थ्य केन्द्रमा र २ जना महिलाको पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएका ११ बालबालिका, ८ महिला र ५ जना पुरूषको मिशन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: