शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

अरुको नामको सिमकार्ड चलाउन नपाईने

भदौ १९ गते ।

नेपाल टलिकमले अब अरुका नामको सिमकार्ड प्रयोग गर्न नदिने भएको छ । सिमकार्ड चलाई रहेको व्यक्तिकै नाममा दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूसञ्चार प्राधिकरणले तयारी थालेको हो ।

जारी भएका सबै सीम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिनाभित्र दर्ता गरिसक्ने योजना बनाएको प्राधिकरण अध्यक्ष पुरुषोतम् खनालले बताए ।

अवको केही दिनमा नै सवै सेवा ग्राहीलाई मोबाइल सेवा प्रदायकमार्फत अरुका नामको सिमकार्ड प्रयोग गरिसकेको भए, आफ्ना नाममा दर्ता गर्न म्यासेजमार्फत खबर गर्ने दुरसञ्चारले जनाएको छ ।

तोकिएको समयमा पनि आफ्ना नाममा सिम दर्ता नगर्नेलाई के गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको र त्यस विषयमा पछि निर्णय गर्ने अध्यक्ष खनालले बताए ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

%d bloggers like this: