शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

विश्वकप छनोट खेलमा नेपाल र कुवेत भिड्दै

भदौ १९ गते । 

कुवेतसँग घरेलु मैदानमा आज नेपालले विश्वकप फुटबलको दोस्रो चरणको अवे खेलमा प्रतिप्रर्धा गर्दैछ  । नेपाली समय अनुसार १०ः४५ मिनेटमा जाविर अल अहमद अन्तर्रा्ष्ट्रिय रंगशालामा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपालको मुख्य लक्ष्य अंक खोस्ने रहेको छ भने कुवेतको जित हात पार्ने रणनीति रहेको छ । २०२२ कतार विश्वकप फुटबल छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

यसपछि नेपालले २४ गते चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकप छनोटको समूह ‘बी’ मा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत छन् ।

नेपाली फुटबल टिममा गोलकिपर किरण चेम्जोङ (कप्तान), विकेश कुथु, विशाल श्रेष्ठ रहेको छन् । त्यस्तै डिफेन्डर अनन्त तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल, अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, रजिन धिमाल रहेका छन् ।

त्यसैगरी मिडफिल्डर सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, सन्तोष तामाङ, सुनिल बल, अञ्जन विष्ट, हेमन गुरुङ, तेज तामाङ, रोहित चन्द र रवि पासवान रहेको छ भने फरवार्ड विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अभिषेक रिजाल रहेको छ ।

प्रतिक्रिया

%d bloggers like this: