शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

मेयरको पहलमा गम्भीर प्रकृतिका विरामी बृद्धलाई सहयोग

अभिमन्यु लामिछाने 

उदयपुर, भदौ २० गते । 

गम्भिर प्रकृतिको विरामी बुद्ध तामाङ्लाई कटारी नगरपालिका मेयरको पहलमा आर्थिक सहयोग जुटेको छ । नाजुक आर्थिक अवस्था भएका तामाङको उपचार खर्च जुटाउन नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठको पहलमा एक लाख रकम जुटेको हो ।

कनपा–४ मरुवा निबासी १४ बर्षीय तामांगको उपचार गर्ने क्रममा नोबेल अस्पतालका डाक्टरको लापरबाहीले मोटो आंद्रा ठुलो आंद्रामा जोडे पछि बिरामीको अबस्था गंभीर बनेको तामाङको फुपु सबीना तामांगले बताइन ।

अहिले त्रिबि शिक्षण अस्पताल महाराजगंजमा उपचार गराईरहेको तामांगको स्वास्थमा केहि सुधार भएको  तामाङ्को परिवारले जनाएको छ । उनका वुवा समेत टिबी रोले थला परेको छ भने तामाङ तीन महीनाको हुदा उनको आमाले छोडेर हिडेको थियो ।

तामाङको आर्थिक अवस्था अत्यन्त नाजुक र दयनिय रहेकाले मेयरको सहयोग उनीहरुको लागि भगवान सरह भएको उनको फुपु सबीनाले भनिन् । यसरी नै सवैको साथ र सहयोग मिले बुद्धले नयाँ जिवन पाउने भन्दै सहयोगको अपिल समते गरेकी छिन् ।

केहिदिन अगाडी मात्रै सगरमाथा बोर्डिंग स्कूल कटारीका बिद्यार्थीहरुले ३९ हजार नगद सहयोग बुद्धको हजूरआमा मार्फत सहयोग गरेका थिए ।

मयेरले आर्थिक अबस्थाका कारण बुद्धको उपचारमा समस्या भएको सामाजिक संजालमा देखेपछि मेयर श्रेष्ठ, २ नम्बर वडाका वडाध्यक्ष प्रेम बहादुर थापा, उधोग वाणिज्य संघ उदयपुर कटारीका पूर्व अध्यक्ष राजेशचन्द्र श्रेष्ठ सहितको टोलीले तामाङ बस्ने डेरा काठमाण्डौ जोरपाटीमै पुगेर एक लाख नगद सहयोग गरेको थियो ।

अहिले बुद्धलाई सानो सहयोग मात्रै गरेको मेयर श्रेष्ठले बताए । बुद्धको उपचारमा आफुले सकेसम्म सहयोग गर्ने उनले बताए । अवको नगर कार्यापालिकाको बैठकबाट सकेसम्म सहयोग गर्ने मेयर श्रेष्ठले बताए । तामाङलाई सहयोग रकम हस्तान्तरण गर्दै स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

प्रतिक्रिया