शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

खुल्ला उपसचिव र सहसचिवमा कर्मचारीलाई रोक

भदौ २१ गते ।

निजामति कर्मचारी सेवामा रहेकाहरुले माथिल्लो तहका उपसचिव र सहसचिवको खुला प्रतिस्पर्धामा सहभागि हुन नपाउने भएको छ । राजपत्रअनंकित र राजपत्रांकित तृतीय श्रेणीसम्म कर्मचारीले खुला प्रतिस्पर्धाबाट उपसचिव र सहसचिवमा बढुवा हुन चाहेमा आफु कार्यरत पदबाट राजीनामा दिनुपर्नेछ ।

संसदमा राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामति कर्मचारी सम्बन्धी विधेयकमाथिको छलफलमा सांसदले शुक्रबार यस्तो सहमति गरेका हुन् ।

राजपत्रांकित द्वितीय र प्रथम श्रेणी (उपसचिव र सहसचिव)मा आवश्यक संख्याको १०÷१० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने भएकाले उक्त प्रावधान राख्न लागिएको हो ।

यो समाचार अजको कान्तिपुर दैनिकमा छापिएको छ । 

प्रतिक्रिया

%d bloggers like this: