शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

वर्षा लक्का जवानको ईनिस्पेक्टर

भदौ २१ गते । 

काभ्रेमा भईरहेका ‘लक्का जवान’ चलचित्रको छायंकनमा अभिनेत्री वर्षा शिवाकोटी अहिले व्यस्त छिन् । चलचित्रको छायांकन सेटबाट वर्षाले विभिन्न तस्वीरहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै आएकी छिन् ।

त्यसै क्रममा वर्षाले आफ्नो भूमिका खुल्ने एक तस्वीर सार्वजनिक गरेकी हुन् । जुन प्रहरी पोशाकमा सजिएकी छिन् । अन्य तस्वीरहरुबाट पनि वर्षाले चलचित्रमा प्रहरीको भूमिका निर्वाह गरेको प्रष्ट हुन्छ ।

लगातार असफल हुदै आएको वर्षाले पहिलो पटक प्रहरीको भूमिकामा आफूलाई प्रस्तुत गर्न लागेकी छिन् । जुन प्रहरी ईनिस्पेक्टरको भूमिका रहेको तस्वीरले देखाएको छ । कमेडी जनरामा बन्ने यस चलचित्रले आफ्नो भविष्यलाई उकास्ने उनले विश्वास लिएको छ ।

कलाकार शिवहरि पौडेलको निर्देशनमा चलचित्र बन्न लागेको हो । चलचित्रमा किरण केसी, दीलिप रायमाझी, सलोन बस्नेत, शिवहरी पौडेल, प्रियंका कार्कीलगायतको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया