सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

दुध प्रतिलिटर ६ रुपैयाँ बृद्धि

भदौ २१ गते ।

दुग्ध उद्योगहरुको मागपछि सरकारले बढाएको दूधको मूल्य आजबाट लागु भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले एक लिटरमा ६ रुपैयाँका दरले बढाएको दूधको मूल्य शनिबारदेखि लागू भएको हो ।

आजदेखि बजारमा दूधको मूल्य ७६ रुपैयाँ पर्ने दुग्ध विकास संस्थान डीडीसीले जनाएको छ । बृद्धि भएको ६ रुपैयाँमध्ये लिटरमा ४ रूपैयाँ १६ पैसा किसानले र १ रूपैयाँ ८४ पैसा डेरीले पाउने छन् ।

कम दूध उत्पादन हुने मौसममा १० रुपैयाँ र धेरै उत्पादन हुने मौसममा ५ रुपैयाँ ७९ पैसा मूल्य बढाउन दूधको मूल्यबारे अध्ययन गरी सिफारिस गर्न गठन भएको कार्यदलले सुझाव दिए पनि अहिले मन्त्रालयले ६ रुपैँया मात्रै बढाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

%d bloggers like this: