शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

भारतको चन्द्रयान–२ सम्पर्क विहिन

भदौ २१ गते । 

भारतीय चन्द्रयान–२ चन्द्रमाको सतहमा उत्रनुभन्दा केही समय अगाडीदेखि विक्रम ल्याण्डरसँग सम्पर्क विहिन भएको छ । ‘विक्रम ल्याण्डर योजना अनुसार नै चन्द्रमाको सतहमा उत्रिरहेको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन(इसरो) का अध्यक्ष के सिवनले जनाएको छ ।

चन्द्रमाको सतहमा पुग्नु भन्दा २.१ किलोमिटर टाढादेखि सम्पर्क विच्छेद भएको छ । डेटाको समीक्षा भैरहेको छ । योजनाअनुरुप विक्रम ल्याण्डर शनिबार बिहान साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमाको सतहमा उत्रनु पर्नेथ्यो ।

भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदी अन्तरिक्ष वैज्ञानिकको उपलब्धिको हौसला दिनको लागि बेंग्लोरको इसरोको मुख्यालय पुगेका थिए । सबै सामान्य अवस्थमा वैज्ञानिकहरु उत्साहित रहेको बेला एक्कासी विक्रम ल्याण्डरसँग सम्पर्क विच्छेद भएपछि सवै निराश भएका छन् ।

बिहान साढे एक बजे चन्द्रयान–२ को विक्रम ल्याण्डर बिस्तारै चन्द्रमाको सतहमा उत्रँदै गर्दा भारतीय वैज्ञानिकका लागि अन्तरिक्षको अनुसन्धानकामा एउटा कोशेढुंगा सावित हुँदै थियो । विश्वको ध्यान चन्द्रयान–२ मा नै केन्द्रित थियो ।

 

चन्द्रमाको कक्षमा रहेको अर्बिटरसँग अलग हुँदै विक्रम ल्याण्डर चन्द्रमाको सतहमा ल्याण्ड गराउने योजना थियो । प्रज्ञान नामक रोभरले ल्याण्डरको सुरक्षित अवतरणपछि बाहिर निस्केर चन्द्रमाको सतहमा घुमेर अनुसन्धान गर्ने योजना थियो ।

चन्द्रमाको दक्षिणी ध्रुव इसरोले चन्द्रयान–२ का लागि छनोट गरेको थियो । त्यस ठाउँमा विक्रम ल्याण्डरलाई सफ्ट ल्याडिङ गराउँदै गर्दा ल्याण्ड हुनु भन्दा केहि समय अगाडी सम्पर्क विच्छेद भएको थियो ।

अहिले समम चन्द्रमा भुमध्य रेखा आसपास नै यानहरु पठाएको छ चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाउने भारत पहिलो देश हो । यो मिसनमा भारत सफल भएको भए अमेरिका, रुस र चीन पछि भारत नै चन्द्रमामा अन्तरिक्ष यान पठाउने चौथो देश बन्थ्यो ।

यदि प्रज्ञान रोभरमा जडान गरिएको सेन्सरबाट चन्द्रमाको दक्षिणी ध्रुवमा रहेका ठूला–ठूला खाल्डामा पानी रहेको प्रमाण भेटिएमा यसले अन्तरिक्ष अनुसन्धानमा ठूलो फड्को मार्ने थियो ।

सवै कुरा समाप्त भैनसकेकाले वैज्ञानिकहरुले ल्याण्डरसँग सम्पर्क स्थापित हुने आशा राखेका छन् ।

प्रतिक्रिया

%d bloggers like this: