शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

डाक्टरको सल्लाहमा मात्र डेँगु परीक्षण

भदौ २१ गते । 

डक्टरको सल्लाहमा मात्रै डेंगी रोगको परिक्षण गराउन सरकारले आग्रह गरेको छ । डेंगुको परीक्षण गर्ने यापिड डाइग्नोष्टिक टेष्ट किट (आरडीटी) को माग धेरै बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टरको सल्लाहमा मात्र परीक्षण गर्न आग्रह गरेको हो ।

ज्वरो आएका सबैलाई डेंगी नहुने भएकाले डाक्टरको सल्लाह विना परीक्षण गर्नु नपर्ने भन्दै मन्त्रालयले सूचना जारी गरेको छ । देशको धेरै जिल्लामा डेंगु फैलिएकाले विभिन्न अस्पतालबाट परिक्षण किटको माग अत्यधिक भएकाले आफूखुशी परीक्षण नगर्न आग्रह गरेको हो ।

अहिलेसम्म यस वर्ष डेँगुबाट चारजनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । गएको वर्ष यो रोगको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको थियो ।

डेंगी सङ्क्रमण कम गर्नका लागि छ करोड १७ लाख रुपैयाँ पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: