शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

ढुङ्गाले लागेर एक कामदार घाईते

उदयपुर, भदौ २१ गते ।

कटारीको वनडँडामा ढुङ्गाले लागेर एक जना घाईते भएको छ । कटारी नगरपालिका–१४ वन डाँडामा शोलु हाईड्रो पावरको पोल गाड्न खाल्टा खन्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर घाईते भएको हो ।

हाईड्र पावरको खाल्टा खन्ने क्रममा विहान करिब साढे ११ बजे एक्कासी माथिबाट खसेको ढुङ्गा लागेर हाईड्रो पावरका एक जना कामदार गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।

कनपा–१४ निबासी ५० वर्षीय निर्पबहादुर थापा मगरको टाउकोमा ढुङ्गाले लागेर गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । उनको उपचारको लागि काठमाण्डौ टिचिङ अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: