सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

निजामती दिवसमा ४८ जना पुरस्कृत

उदयपुर, भदौ २२ गते ।

उदयपुरमा विभिन्न बिद्याबाट जिल्ला न्यायाधिशसहित ४८ जना पुरस्कृत तथा सम्मानित भएका छन् । निजामती दिवसको मुल समारोह समिति र निजामती कर्मचारीहरुको आधिकारिक टेड युनियनको संयुक्त आयोजना भएको कार्यक्रमबाट सम्मानित भएका हुन् ।

सर्वोत्कृष्ट कर्मचारीको रुपमा जिल्ला प्रशासन कार्यालयका सहयोगी मिनबहादुर मगरलाई घोषणा गर्दै नगद ५ हजार र प्रमाणपत्रले सम्मान गरेको छ । जिल्ला स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगितामा राजकुमार चौधरी र रुवेन राईको समुह पहिलो भएको छ । त्यस्तै भुपराज कटुवाल र निर्मल साह दोस्रो, जिल्ला न्यायाधिश दीपक खनाल, नेपाल प्रहरीका एसपी बिरबहादुर बुढामगर, सशस्त्र प्रहरीका एसपी गाहरधन राई, नेपाली सेनाका मेजर ज्ञानबहादुर राईको समुह तेश्रो भएको छ ।

विजयी समुहलाई ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यस्तै महिला म्युजिकल चियरतर्फ जानुका कार्की पहिलो, गंगाकुमारी श्रेष्ठ दोस्रो र बसन्ती काफ्ले तेश्रो भए । सबैलाई क्रमश एक हजार ५ सय, एक हजार र ५ सय रुपैँया नगद, प्रमाणपत्रले सम्मान गरिएको थियो ।

लागु औषध नसा हो, प्रयोग गर्नु दसा हो शिर्षकमा कर्मचारी मिलन केन्द्रले आयोजना गरेको जिल्ला स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा माध्यमिक बिद्यालय कटारीका इसिका यादव प्रथम, मावि मुर्र्कची रौतामाईकी सृष्टि दाहाल दोस्रो, महेन्द्ररत्न मावि रुपाटार ताप्लिकी भुमिका ज्युठकुरी तेस्रो र नमुना मावि भलायडाँडा उदयपुरगढीकी मनिता तिम्सिनाले सान्त्वना भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेतालाई ५ हजार, उपविजेतालाई ३ हजार, तेश्रोलाई २ हजार र सान्त्वना स्थान हासिल गर्नेले १ हजार नगद प्रमाणपत्रका साथ पुरस्कृत गरेको आयोजकले जनाएको छ । विजेता सबै सामुदायिक बिद्यालयमा अध्ययनरत छात्रा हुन् । छात्र तथा निजी बिद्यालयलाई पछि पर्दै उनीहरु विजयी भएको आयाजकले जनाएको छ ।

कार्यक्रममा सेवानिवृत कृष्ण थापा, इन्द्रकान्त झा, योगेन्द्र नारायण दास, रामेश्वर चौधरी, भोगेन्द्र मण्डल, कृष्णबहादुर मगर लगायतका ३२ जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

आफु परिवर्तन भए मात्र देश र जनता परिवर्तन हुने भएकाले लोभलालच नगरी जनतालाई सेवाप्रवाह गर्न जिल्ला न्यायाधिश दीपक खनालले आग्रह गरेको छ । एक/दुइ जनाले गल्ति गर्दा सिंगो निजामती प्रशासन क्षेत्र बदनाम हुने भएकाले झुकेको झिर ठाडो पार्ने गरी काम गर्नसमेत आग्रह गरेका छन् ।

निजामती प्रशासनमा जनताको आशा र भरोसा रहेकाले विश्वासलाई कायम राख्ने गरी सेवा क्षेत्रको विस्तार गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । अहिलेको अबश्था समन्वय, सहकार्य गर्दै राजनीतिक व्यवस्थालाई सघाउँदै नयाँ व्यवस्थापनलाई अघि बढाउनु निजामती प्रशासनको दायित्व भएको उनले बताए ।

प्रजिअ खड्काको अध्यक्षता, टेड युनियनका उपाध्यक्ष मानबहादुर बनको स्वागत तथा सदस्य रमेश ढुंगानको सञ्चालन भएको कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन उदयपुरका अध्यक्ष देवराज कोईराला, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, कर्मचारी मिलन केन्द्रका अध्यक्ष हिरा न्यौपाने, निजामती कर्मचारी संठनका केन्द्रिय अनुशासन आयोगका सदस्य जसबहादुर कार्की, कर्मचारी युनियन संघका सचिब बिशाल सुन्दास, राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष सिताराम कार्की र मधेसी कर्मचारी मञ्चका अध्यक्ष रामानन्द यादवले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया

%d bloggers like this: