बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

शिक्षा दिवसमा ६ विद्यालयसहित १८ जना पुरस्कृत तथा सम्मानित

उदयपुर, भदौ २२ गते ।

४० औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा छवटा विद्यालयसहित १८ जना सम्मानित भएका छन् । त्रियुगा नगपालिकाले आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा एसईईमा उत्कृष्ठ जिपीए ल्याउने छवटा विद्यालय, कविता, चित्रकला प्रतियोगीताको विजेताहरु र सेवाबाट अवकाश भएकाहरुलाई पुरस्कृत तथा सम्मानित भएका हुन् ।

“हामी सवैको प्रण–सार्वजनिक शिक्षा प्रणाली सवलीकरण” भन्ने मुल नाराको साथ वर्षेनी नगरले विभिन्न कार्यक्रम गर्दै आएको छ । दिवसको अवसरमा भएको कविता प्रतियोगीतामा प्रथम विनय थापा, द्धितिय कमल खड्का, तृतिय सर्मिला पुरी र सान्तोना मनिका कार्की नगदसहित प्रमाण पत्रले पुरस्कृत भएको थियो । त्यस्तै चित्रकला प्रतियोगीतामा प्रथम शिशिर खड्का, द्धितिय निशान राई, तृतिय बादल राई र सान्तोना प्रशान राईलाई पुरस्कृत भएको थियो ।

कविता र चित्रकलामा प्रथम हुनेलाई दुई हजार नगद र प्रमाण पत्र, द्धितिय पुरस्कार १५ सय नगद र प्रमाण पत्र, तृतिय एक हजार नगद र प्रमाण पत्र र सान्तोना हुनेलाई पाँच सय नगदसहित प्रमाण पत्रले पुरस्कृत भएको थियो ।

एसईईमा छात्र छात्राले उत्कृष्ट जिपीए ल्याएर पास गराउन सफल बालमन्दिर मावि बोक्से, व्रिलियन्ट एकेडेमी प्रालि चुहाडे, प्याराडाईज सेकेन्डरी गाईघाट, त्रियुगा नमुना मावि गाईघाट, रामजानकी मावि मोतिगडा र क्रिमसन एकेडेमी बगाहालाई प्रमाण पत्र वितरण गरिएको थियो ।

शिक्षक सेवाको विभिन्न पदमा रहि पेसामा अमुल्य योगदान पु¥याई सेवाबाट अवकास पाएका १४ जनालाई त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले दोसलला ओढाएर सम्मान पत्रको साथ सम्मान गरेको थियो ।

शिक्षा क्षेत्रमा गरेको योगदानलाई अवकासपछि सामाजिक कार्यमा लगाउन मेयर चौधरीले आग्रह गरेको छ । गुणस्तरीय शिक्षाका लागि अवधारणा पत्र नगर सभाबाट पास गर्दै जारी गरेको छ । संघ र प्रदेशले शक्षा ऐन ल्याउन नसकेकाले शिक्षा क्षेत्रमा अन्योलता छाएको बेला हामीले अवधारण पत्र ल्याएको मेयर चौधरीले बताए ।

रुपान्तरण गर्न चाहेकाले प्राविधिक शिक्षालाई जोड दिएको मेयर चौधरीले बताए । नगर शिक्षा ऐनमा कुनै त्रुटीभए संसोधन गरेर अगाडी बढ्ने उनले बताए । गुणस्तरीय शिक्षाको लागि सवै पक्षले आ–आफ्नो पक्षबाट पहल र सहयोग गर्न आग्रह समेत गरेको छ ।

परम्परागत शिक्षा विधिलाई परिवर्तन गर्न जरुरी रहेको जिल्ला समन्वयन समितिका उप–प्रमुख गंगा राईले बताईन् । अधिकांश विद्यालयमा छात्र छात्रा शौचालय समेत नरहेको अवस्था छ । भएको ठाउँमा पनि पानीको समस्या छ । विशेष गरी पहाडी भेगका विद्यालयमा पानीको समस्या रहेको उनले बताईन् ।

छात्राहरुलाई महिनावारी भएको बेला स्कुल छुट्ने समस्या हटाउन सरकारले नै सेनेटरी प्याड वितरण गरेको छ । स्थानिय सरकारले शिक्षाको अवस्था हेरेर लगानी र ऐन नियम बनाउनु पर्ने उप–प्रमुख राईले सुल्झाईन् ।

पालिकाले ४१ बुद्धे शैक्षिक गुणस्तर सुधार अभियान अवधारणा पत्र तथा नगर शिक्षा ऐन नगर सभाबाट पास गरी जारी गरेको छ ।

प्रतिक्रिया

%d bloggers like this: