बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

रसुवागढी नाकाबाट पर्यटक आगमन बढ्दै

भदौ २३ गते ।

उत्तरी नाका रसुवागढीबाट चिनियाँ तथा विदेशी पर्यटकको आगमनमा बृद्धि भएको छ । चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरी तेस्रो मुलुकका नागरिकलाई समेत प्रवेश अनुमति दिएपछि आगमनमा बृद्धि भएको हो ।

सन् २०१५ बाट यस नाका हुदै पर्यटक आउन थालेको रसुवागढी अध्यागमन कार्यालयले जनाएको छ । अहिलेसम्म ९९ हजार भन्दा बढी पर्यटक नेपाल आएका छन् । २०७२ वैशाख १२ गते आएको भूकम्पले सडक अवरुद्ध गरेपछि औपचारिक रूपमा सञ्चालनमा आएको नाकाबाट ९९ हजार २ सय १२ पर्यटक नेपाल आएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

त्यस नाकाबाट पर्यटक भित्र सुरु गरेकै महिना २ सय ९१ पर्यटक आएका थिए । सन् २०१५ मा १० हजार ६ सय ४९, २०१६ मा १७ हजार ८२, २०१७ मा १९ हजार ४ सय ७८, २०१८ मा २९ हजार १ सय ५४ र २०१९ को ८ महिनामा २२ हजार ८ सय ४९ पर्यटक नेपाल आएका कार्यालयको तथ्याङ्कले देखाएको छ ।

सुरुमा चिनियाँ पर्यटक मात्र आएको थियो । २०१६ मा चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो देशका पर्यटक आउन थालेको अध्यागमन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: