मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

नेपाल–चीनविच उच्चस्तरीय छलफल

भदौ २३ गते ।

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्रि वाङयीले नेपाली समकक्षी प्रदिप ज्ञवाली नेतृत्वको उच्चसतरीय टोलीसँग द्विपक्षीय एजेण्डाका विषयमा छलफल गर्दैछन् । तीन दिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुअघि उच्चस्तरीय छलफल गर्ने भएका हुन् ।

होटल याक एण्ड यतीमा यसअघि भएका सम्झौता र थाति सबै एजेण्डाहरूमाथि दुवै देशका परराष्ट्रमन्त्री नेतृत्वको टोलीबीच छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि केही समझदारीमा हस्ताक्षर समेत हुने मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्वसन्ध्यामा नेपाल आएका चिनियाँ विदेशमन्त्रीको चासो स्वभाविक रुपमा बीआरआईमा नेपालले गरेको प्रतिबद्धता अनुरूपको कार्य प्रगतिमै केन्द्रित छ । नेपालको तर्फबाट जति प्रगति हुनुपर्ने हो त्यो हुन नसकेकोमा चीनले चासो राखेको छ ।

चीनको सहयोगमा काठमाडौं–केरुङ रेलगर्माको पूर्व सम्भाव्यता (प्रि–फिजिबिलिटी) अध्ययन भइसकेको छ । चिनियाँ राष्ट्रपति स्वयंले यसअघि राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला रेलमार्गबारे सकारात्मक धारणा व्यक्त गरिसकेकाले यो वार्ताका क्रममा ती कुरामाथि समीक्षा हुने मन्त्रालयले जनाएको छ ।

नेपालको विशेष चासो काठमाडौं–केरुङ रेलमार्ग रहेको छ । रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चीनको सहयोग चाहेका नेपालले अहिले रेलमार्ग निर्माणको मोडालिटीमा समेत साथ खोजेको  देखिन्छ ।

राष्ट्रपति र प्रधानमन्त्रीसँगको वाङको शिस्टाचार भेटमा रेलमार्गको विषय उठ्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । काठमाडौं–केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि नेपालले चीनको सहयोग पहिलो चरणमा खोजेको छ ।

चिनियाँ पक्षले भने बीआरआई र यसअघि नेपाल–चीनबीच भएका पारवहन सम्झौतामा नेपालको तर्फबाट भइरहेका कामप्रति चासो राखेको छ । राष्ट्रपति सीको भ्रमणपूर्व यी काममा प्रगति भएको चीनले हेर्न चाहेको छ ।

प्रतिक्रिया

%d bloggers like this: