बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

शिक्षक राई शिक्षा दिवस पदकबाट पुरस्कृत हुदै

उदयपुर, भदौ २४ गते ।

श्री रामजानकी माध्यामिक विद्यालय, मोतिगडाका शिक्षक अष्टबहादुर राई शिक्षा दिवस पदक तथा प्रमाण पत्र–२०७६ द्वारा पुरस्कृत हुने भएका छन् ।

४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मञ्त्रालयले राईलाई पुरस्कृत गर्ने भएको हो । त्रियुगा नगरपालिका ३ मोतिगडाका निमाशि द्वितिय श्रेणीका राई यो वर्ष जिल्लाबाट पुरस्कृत हुने एकमात्र शिक्षक हुन् । मञ्त्रालयले सूचना जारी गर्दै राई लगायत सबै जिल्लाबाट पुरस्कृत हुने शिक्षकहरुको सूचीमा सार्बजनिक गरेको छ ।

शिक्षण क्षेत्रमा १६ वर्षे अनुभव भएका राई एक कुशल शिक्षकको रुपमा परिचित छन् । शिक्षक राई २०६० सालदेखि शिक्षण सेवामा प्रवेश गरेका हुन् । त्रियुगा नगरपालिका १० घर भएका उनी शिक्षण अघि तत्कालिन जिल्ला विकास समितिमा गरिबी निवारण कोषको कार्यक्रम संयोजक भई काम गरेका थिए ।

प्रतिक्रिया

%d bloggers like this: