सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

खुकुरी प्रहारबाट १ जना घाईते

खोटाङ, भदौ २५ गते ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा धारिलो हतियार प्रहारबाट एक जना घाईते भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ निबासी ४३ बर्षीय बालाराम कट्वाल घाईते भएको हो ।

गतराती करिब ९ बजे मादक पदार्थ सेवन गरी आएका भतिजने दिनेश कट्वालसँग सामान्य बादबिबाद हुदाँ दिनेशले कुकुरी प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ ।

घाईते बालारामको जिल्ला अस्पताल दिक्तेलमा उपचार भईरहेको छ भने खूकुरी प्रहार गर्ने दिनेशलार्ई जिल्ला प्रहरी कार्यालय खोटाङको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: