सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

नेपाली चलचित्रको प्रिमियरमा सन्नी

भदौ २५ गते । 

बलिउड चलचित्र ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुने बलिउड नायिका सन्नी लियोनी नेपाल आउने भएको छ । ‘पासवर्ड’ चलचित्रमा एउटा आइटम नृत्य गरेको सन्नी विहिबार नेपाल आउने भएको हो ।

चलचित्रमा आईटम नृत्यु मात्रै गरेकी सन्नीको चर्चा चलेको छ । चलचित्रका अन्य कलाकार प्रचारमा खासै सहभागी नभएपनि सन्नीको आइटमको चर्चाले भने आकाश चुमेको छ ।

सम्राट बस्नेतको निर्देशनमा बनेको चलचित्र यहि भदौ २७ गतेबाट सार्वजनिक हुन लागेको हो । चलचित्रमा विक्रम जोशी, अनुप विक्रम शाही, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रको प्रचार प्रसार गर्न एक मजबुत हतियार बनेकी सन्नी सार्वजनिक हुन लाग्दा पनि नेपाल आउने भएका हुन् ।

चलचित्रको प्रिमियरमा सन्नी सहभागी हुँदा यसले राम्रो गर्ने आशा लिएको छ । उनी पनि नेपाल आउन पाउदा उत्साहित भएकि छिन् । नेपालको बहुमुल्य मुर्ती चोरेर विदेश पुर्याएपछि उत्पन्न हुने परिस्थितीको कथामा यो चलचित्र निर्माण भएको छ ।

प्रतिक्रिया

%d bloggers like this: