शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

किशोरीलाई बसभित्रै बलात्कार गर्न खोज्ने चालक र सहचालक पक्राउ

भदौ २६ गते । 

मोरङमा बस भित्रै चालक र सहचालकले किशोरीलाई बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका छन् । रंगेली नगरपालिका–३ निबासीे बसका चालक ३७ वर्षीय किरण खड्का र सहचालक उर्लाबारी नगरपालिका–४ निबासी १९ वर्षीय सन्तोष न्यौपाने पक्राउ परेका हुन् ।

ना ६ ख ९३४४ नम्बरको बस चालक र सहचालकले उक्त बसभित्र १५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । वेतनाबाट दमक हिँडेकी बालिका दमक पुगेपछि बसबाट झर्न खोज्दा झर्न नदिई फकाएर बसमै राखी पथरीशनिश्चरे हुँदै रंगेली नगरपालिका–९ को दोहमना हाटचौक लगी बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गत आइतबार साँझ साढे ६ बजे बसका चालक खड्काले बसको पछाडीको सीटमा बलात्कार प्रयास गरेपछि किशोरी बाहिर भागेकी थिइन् । तर, सहचालक न्यौपानेले पुनः बसभित्र लगेर करणी गर्न खोजेपछि किशोरी चिच्याएकी थिइन् । किशोरीको आवाज सुनेपछि भेला भएका स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दोहमनाबाट खटेका प्रहरी टोलीले चालक र सहचालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: