सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

बार्षिक कार्यक्रम आयोजना

उदयपुर, भदौ २६ ।

उदयपुर जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम बिहिवार गाइघाटमा आयोजना भएको छ । जिल्ला समन्वय समिती उदयपुरको आयोजनामा आर्थिक वर्ष २०७५र७६ को वार्षिक समीक्षा भएको हो ।

दुईदिनसम्म सञ्चालन हुने कार्यक्रममा स्थानिय सरकारहरुको तर्फबाट पालिकाहरु, विषयगत कार्यालयहरुले गत आर्थिक वर्षको प्रगती प्रतिवेदन प्रस्तुत गरि समीक्षा गर्ने साथै गैर सरकारी सस्थाहरुले समेत प्रगती प्रतिबेदन प्रस्तुत गर्ने तालिका रहेको छ ।

सङ्घिय सम्सद, पालिका प्रमुख तथा उप प्रमुख, सुरक्षा प्रमुख, सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रह्यो ।

समन्वय प्रमुख खड्ग परियारको अध्यक्षतामा भएको कार्यक्रममा सम्सद तथा पालिका प्रमुख तथा कार्यालय प्रमुख तथा प्रतिनिधि हरुले मन्तव्य राख्दै विगतका कमिकम्जोरी बाट सिक्दै सोही अनुरुपको भावी योजना बनाउन सुझाव दिए । फुलसहितको गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरिएको थियो । पहिलो दिन प्रस्तुत गर्न बाँकी निकायले भोलीपल्ट प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया

%d bloggers like this: