बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

लोकसेवा छलेर सरकारले भर्ती गर्ने

भदौ २७ गते । 

लोकसेवा आयोगलाई छलेर सरकारले ठूलो संख्यामा करारमा अधिकृत स्तरका कर्मचारी भर्ती गर्ने भएको छ । ठूला आयोजना र परियोजनामा कार्यकर्ता र आफन्त भर्ती गर्न मन्त्रिपरिषद्ले हजारभन्दा बढी अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।

यसबारे लोकसेवा आयोगलाई जानकारी गराएको छैन । सरकारले नयाँ दरबन्दी सिर्जना गरिएको सम्बन्धमा केहि जानकारी नभएको लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले बताए । शुद्ध करारमा दरबन्दी सिर्जना गर्नु गलत भएको उनले बताए ।

सरकारले काजमा लगेर आयोजना–परियोजनामा आवश्यक कर्मचारी व्यवस्था गर्न सक्ने मैनालीले बताए । ‘रिक्त हो भने ठिकै हो । शुद्ध दरबन्दी हो भने गलत हो ।’ उने भने ।

विहिबार मन्त्रिपरिषद्ले गरेको सार्वजनिक निर्णयमा आठ सय ९३ जनाको दरबन्दी स्वीकृत भएको उल्लेख छ । त्यसमध्ये विभिन्न मन्त्रालयमा राजपत्रांकित पद (अधिकृत स्तर) को दरबन्दी आठ सय ५३ रहेको छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ । 

प्रतिक्रिया