मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

आजको राशी फल

आज मिति २०७६ भदौ २८ गते, शनिबार, इ.स. २०१९ सेप्टेम्बर १४ तारिख, ने.सं. ११३९ ञलाथ्व, भाद्र शुक्लपक्षको पूर्णिमा तिथि ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशी हुनेहरुको लागी आजको दिन अरुको मुख ताक्नाले काम नबन्न सक्छ । कामको फल प्राप्त गर्न केहि समय लाग्ने छ । मेहनतले फाईदाजनक काम गर्न सकिनेछ । साँझपख यात्रा होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

बृष राशी हुनेहरुको लागी आजको दिन अरुको लागि काम र बुद्धि खर्चनु पर्नेछ । बोलेको बचन पुरा गर्न नसक्दा विभिन्न टिक्का टिप्पनी सहनु पर्नेछ । जिम्मेवारी बढेपनि काम नबन्नले मन खन्नि होला । साँझपख नयाँ आम्दानीको श्रोत फेला पर्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशी हुनेहरुको लागी आजको दिन भाग्यले विभिन्न अवसर जुट्ने छ । काम गरेर अरुको मन जित्न सकिने छ । धैर्यताले नाम, दाम र प्रतिष्ठा कमाउने र पदीय जिम्मेवारी प्राप्त हुने योग रहेको छ । प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशी हुनेहरुको लागि आजको दिन नयाँ कामको थालनि गर्नका लागि केहि समय लाग्ने छ । परिस्थीतीले अप्ठ्यारा आईलाग ेपनि गोपनियतामा ध्यान दिनु होला । भाग्यले केहि अवसरहरु जुट्नेछ । काम गरेर अरुको मन जित्न सकिनेछ । नाम, दाम र प्रतिष्ठा कमाउने योग रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशी हुनेहरुको लागि आजको दिन अलिक व्यस्त रहनु पर्ला । अनावश्यक खर्च बढ्ला । व्यावहारमा ख्याल गर्दै अरुको भावना बुझ्ने कोशिस गर्नु होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशी हुनेहरुको लागि आजको दिन आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने सक्नेछ । बादविवादबाट जोगिनु होला । आम्दानी बढ्ने कामको सुरुवात गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन बलियो हुने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशी हुनेहरुको आजको दिन आँट हिम्मतले काम गरे सहजै लक्ष्यमा पुग्न सकिनेछ । राम्रो समाचार सुन्न पाईनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ । सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ । दिगो फाइदा हुने कामको थालनि हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बृश्चिक राशी हुनेहरुको आजको दिन पुरानो सम्झौता र साईनो तोडिन सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । कृषि तथा पशुबाट धन लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशी हुनेहरुको आजको दिन काम नबन्न सक्छ । सहयोगीहरु प्रतिस्पर्धामा उत्रिन सक्छ । साथी भाईसँग घुलमिल हुन होला । बिछोडिएका आफन्तसँग भेटघाट होला । नयाँ कामको प्रस्ताव आउन सक्छ । मिहिनेतले बिस्तारै फाइदा दिलाउनेछ । पशुधन र जमिनबाट लाभ हुने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशी हुनेहरुको लागि आजको दिन अरूको विषयमा चासो अराखेकै राम्रो हुनेछ । साँझ तिर केहि जम्मेवारी काम प्राप्त होला । सिर्जनात्मक कामले प्रतिष्ठा मिल्नेछ । मिहिनेतले पछिसम्म लाभ हुने कामको सुरुवात हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशी हुनेहरुको आजको दिन अवसर प्राप्त भए पनि कर्तव्य पूरा गर्न नसकिएला । काम बिग्रनाले थोरै उपलब्धिमा चित बुझाउनु पर्नेछ । खानपिनमा ध्यान दिनु होला । मिहिनेत गर्दा पछि फाइदा हुने कामको सुरुवात हुनेछ । दैनिकीमा परिवर्तन आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशी हुनेहरुको लागि आजको दिन सुरुमा खर्च गर्नु पर्ने तर दिगो फाइदा हुने काममा लगानी  गर्नु पर्ला । चुनौतीहरूसँग लड्दै काम गर्नु पर्नेछ । साँझ पख नयाँ कामको प्रस्ताव आउनेछ । सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

प्रतिक्रिया

%d bloggers like this: