शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

ओलम्पिक कमिटीका चुनाव सुरु

भदौ २८ गते । 

नेपाल ओलम्पिक कमिटीको साधारण सभा तथा चुनाव सुरु भएको छ । साधारण सभा तथा चुनाव ललितपुरको आफ्नै भवनमा शनिबारदेखि सुरु भएको हो ।

साधारण सभाको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरेको थियो । निर्वाचनसँगै राष्ट्रिय मान्यता प्राप्त र अन्तर्राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटीको विवाद समाधान भएको मन्त्री विश्वकर्माले बताए । सबै मिलेर नयाँ नेतृत्व चयन हुनेमा आफू आशावादी भएको उनले बताए ।

उद्घाटन सत्रपछि निर्वाचन प्रक्रिया सुरु हुने छ । १९ सदस्यीय कार्यसमितिमा १७ जना निर्वाचित गर्ने र दुई जना पछि मनोनित गर्ने ओलम्पिकको विधानमा उल्लेख छ ।

उप–महासचिवमा राखेपका उपाध्यक्ष पिताम्बर तिम्सेना र कोषाध्यक्षमा रतनकुमार तण्डन यस अघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । चुनावमा वर्तमान अध्यक्ष जीवनाराम श्रेष्ठ र उमेशलाल श्रेष्ठको प्यानल प्रतिस्पर्धामा छ । जीवनरामको प्यानलबाट महासचिवमा निलेन्द्रराज श्रेष्ठ र उमेशलालको प्यानलमा पुरेन्द्रविक्रम लाखे प्रतिस्पर्धामा उत्रेका छन् ।

पाँच जना उपाध्यक्षका लागि आठ जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा ज्योति राणा, तेजबहादुर गुरुङ, पुष्पदास श्रेष्ठ, अशोकरत्न बज्राचार्य, सुनिलकुमार श्रेष्ठ, चतुरानन्द राजवैद्य, राजीव श्रेष्ठ र समिम मिया अन्सारी छन् ।

तीन सचिव पदका लागि केशवकुमार विष्ट, रामजीबहादुर श्रेष्ठ, दीपकहर्ष बज्राचार्य र तुलसी थापा प्रतिस्पर्धामा आएका छन् । सात सदस्यका लागि रमेशप्रसाद शिवाकोटी, राम अवाले, प्रकाश शमशेर राणा, गोपालसुन्दर लाल कक्षपति, टासी घले, होमबहादुर दोङ, दीर्घबहादुर केसी र मनोरञ्जनरमण शर्मा प्रतिस्पर्धामा उत्रेका छन् ।

प्रतिक्रिया

%d bloggers like this: