सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

नेपाल आयुर्वेद औषधी व्यवसायी संघ उदयपुरको प्रथम अधिवेशन

उदयपुर, भदौ २८ गते ।

नेपाल आयुर्वेद औषधी व्यवसायी संघ उदयपुरको प्रथम जिल्ला अधिवेशन गाईघाटको होटल यलम्वरमा शनिबार भएको छ ।केन्द्रमा पहिलेदेखि नै संघ स्थापना भएपनि प्रदेश र जिल्लाहरुमा बाँकी थियो । राज्यको नयाँ संरचना अनुसार संघको प्रदेश कमिटी गठन गरेपश्चात जिल्लामा गठन थालिएको १ नं प्रदेश कमिटीका अध्यक्ष जगत भट्टराईले बताए ।१ नं प्रदेशको सुनसरी, मोरङ, झापामा संघ स्थापना भइसकेको र यसै शिलशिलामा उदयपुरमा पनि संघ गठनका लागि अधिवेशन आयोजना गरिएको उनले बताए ।

आयुर्वेध औषधी व्यवसायीहरु राज्यबाट अपहेलित भएको भन्दै गतिलो र भरसिलो नीति नियम बनाउनु पर्ने व्यवसायीहरुले बताएका छन् । सामान्य औषधीको अधिकारसमेत राज्यले नदिएकोमा गुनासो गर्दै उनीहरुले अव राज्यले विरामीको हितमा व्यवसायीलाई सहज काम गर्ने वातावरण बताइदिनु पर्ने माग राखे । आयुर्वेद औषधीका कारण थुप्रै जटिल बिरामीहरुको पनि सरल उपचार भइरहेको दावी गर्दै उनीहरुले सहज उपचारको वातावरण मिलाउनु पर्ने माग गरे ।सगरमाथा अञ्चल आयुर्वेद औषाधलयका प्रमुख डा. सञ्जिव यादवको प्रमुख आथित्यमा भएको कार्यक्रम सम्राट आयुर्वेद औषाधलय गाईघाटका संञ्चालनक अनिल केशीको अध्यक्षतामा भएको थियो । अधिवेशनले जिल्ला कार्यसमिति चयन गर्ने बताइएको छ ।

प्रतिक्रिया

%d bloggers like this: