सोम, जेष्ठ ३, २०७८
Mon, May 17, 2021

शिद्ध कुखाम गाउँपालिकाकाको गाडी आगजनी

भदौ २९ गते ।

सल्यानको एक गाउँपालिकाको गाढी गतराती आगजनी भएको छ । शिद्ध कुमाख गाउँपालिकाको गाडी पार्कीङ गरेर राखेको ठाउँमा नै अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको हो ।

पालिकाको कार्यालय अगाडी पार्किङ गरेर राखेको अवथामा राती करिब साढे ११ बजे आगजनी भएको प्रहरीले जनाएको छ । अहिलेसम्म आगजनी गर्ने पक्षको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पालिकाको रा १ झ १०७० नम्बरको डबलक्याप स्कारपियो गाडी आगजनी भएको पालिकाले जनाएको छ । कुनै पक्षले कहि कतैबाट पनि धम्की नदिएका कस्ले गाडीमा आगजनी ग¥यो भनेर पहिचान गर्न नसकिएको पालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले बताएका छन् ।

गाडी पूर्ण रुपमा क्षति भएको छ । प्रहरी टोली घटना स्थल पुगी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: