बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

लागु औषध र कारसहति ५ जना पक्राउ

भदौ २९ गते । 

मकवानपुरबाट लागु औषध र कार सहित पाँच जना पक्राउ परेकाछन् । जिल्लाको विभिन्न ठाउँबाट चरेस, गाँजा र लागु औषधमा ओसारपसारमा संलग्न एउटा कारसहित पक्राउ गरेको हो ।

हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट विहान लागु औषध र कारसहति तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ ।  हेटौँडाबाट विरगञ्ज तर्फ जादै गरेको विआर ०१ पिएफ ७९९८ नम्बरको भारतीय नम्बर प्लेट भएको कार चेक जाँच गर्दा ललुकाई छिपाई लादै गरेको नौ सय ग्राम चरेस बरामद गरेको प्रहरीले जनाएको छ ।

भारत बिहार जिल्ला मजफ्फरपुर दादर निबासी २८ वर्षीय शिवराज सिंंह, २४ वर्षीय ज्ञानीकुमार पासवान र भारत बिहार जिल्ला छपरा निबासी २४ वर्षीय राजु महतो पक्राउ परेको हो ।

त्यस्तै राक्सिराङ गाउँपालिका–४ को कालिका दोभानबाट १२ केजी चार सय ग्राम गाँजासहित दुई जना पक्राउ गरेको प्रहरीले जनाएको छ । कैलाश गाउँपालिका– निबासी २६ वर्षीय राजकुमार थिङ र २१ वर्षीय दिपेश थिङलाई गाँजा बोकेर हिँडेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई कानूनी कारवाहीका लागि अदालतमा पेस गर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: