शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

महिला हिंसा बढ्दो

उदयपुर, भदौ ३० गते ।

उदयपुरमा महिला हिंसाका घटना बढ्दै गएको एक तथ्यांकले देखाएको छ । महिला सिंसाका घटना तिब्र रुपले बढ्दै गएको ओरेक नेपालको तथ्याङकले देखाएको हो ।

नेपाल पत्रकार महासंघको सहकार्यमा ओरेक नेपालले सोमबार गाईघामा आयोजना गरेको महिला हिंसा न्युनिकरणमा पत्रकारको भुमिका बिषयक अन्तरक्रियामा गत आर्थिक बर्षमा १ सय ६० वटा घटना घटेको तथ्यांक प्रस्तुत गरिएको थियो ।

घटनामध्ये सबै भन्दा बढि १ सय २६ जना महिला घरेलु हिंसाबाट प्रताडित भएकाछन् । त्यसैगरी बलात्कार १४, प्रयास ४, यौन दुव्र्यवहार ४, सामाजिक हिंसा ९, हत्या १, वेचविखनको प्रयास १ र हिंसाकै कारण आत्महत्या १ रहेको तथ्यांकले देखाएको छ ।

सबैभन्दा बढि २६ देखि ३५ बर्ष उमेर समुहका ६८ जना हिंसाको घटना घटेको तथ्याङ्कले देखाएको छ । त्यसैगरी १७ देखि २५ बर्षका ४९ जना, ३६ देखि ४५ वर्षका २५ जना र ५५ बर्षभन्दा माथिका २ जना र १६ बर्षभन्दा मुनिका ६ जना बालिका हिंसामा परेको तथ्याङकले देखाएको छ ।

हिंसा भएका महिला मध्ये सबैभन्दा बढि श्रीमानबाट १ सय ८, छिमेकीबाट २३, परिवारका सदस्यबाट १८, सेवा प्रदायक संस्थाबाट २, कुनै पनि सम्बन्ध नभएका व्यक्तिबाट ५, साथीबाट २ र नजिकको साथीबाट २ रहेको तथ्याङ्कले देखाएको छ । तथ्यांकले घटना हुनुकोकारणकोरुपमा परपुरुषसँगको लाल्छना, दाईजो र सामाजिक संजालको सही सदुपयोग नगरेको जस्ता रहेको ओरकका कार्यक्रम संयोजक सुमित्रा कोईरालाले बताईन् ।

विगत १४ बर्षदेखि महिला हिंसाका अभिलेखलाई व्यवस्थित गर्दै आएको ओरेकले हिंसामा परेका महिलाहरुलाई मनोविमर्श, सुरक्षावास, तथा कानुनी सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ । महिला हिंसा न्युनिकरणमा पत्रकारको भुमिकाका सन्र्दभको कार्यपत्र वरिष्ठ पत्रकार कौशल चेम्जोङ्गले प्रस्तुत गरेको थियो ।

उनले जिल्लामा भएका महिला हिंसाका घटना, सञ्चारमाध्यममा आएका समाचार, विश्वका अभ्यास, विभिन्न देश तथा नेपालको सर्वेक्षणका बारेमा प्रस्तुत गरेका थिए । हिंसा न्युनिकरणमा पत्रकारले खेल्नु पर्ने भुमिका, उपाय, शब्दचयन, तस्विर, भाषा, आचारसंहितामा भएका व्यवस्था र कानुनी उपचारका बिषयमा चेम्जोङले प्रष्ट्याएका थियो ।

कार्यक्रममा महिलाका सवालमा मिडियाका कन्टेनहरु बदल्नु पर्ने, दोष जति महिलालाई मात्र थोपर्ने गरी प्रकाशित समाचार, अश्लिल तस्विर, भाषा, शैली, सम्बेदनशिलतालाई ख्याल गर्नु पर्ने धारणा राखेका थिए । प्रहरीको अनुसन्धान र अदालतले गरेका गलत र राम्रो ढंगले गरेका फैसलालाई समेत ध्यानदृष्टि राखी समाचारहरु प्रकाशन गरिनु पर्ने बताए ।

नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का अध्यक्षता, उपाध्यक्ष भोटराज राईको सञ्चालन र ओरेक नेपालका कार्यक्रम संयोजक कमला खड्काको स्वागत मन्तव्यमा भएको कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासंघ प्रदेस कमिटीका सचिब हरिकुमार राई, गैसस महासंघका केन्द्रिय सल्लाहकार सृजना दनुवार, केन्द्रिय सदस्य महेश्वरी राई, महिला मानव अधिकार रक्षक संजालका जिल्ला अध्यक्ष माया भण्डारी, उपाध्यक्ष देवि कटुवाल, प्रेस सेन्टरका अध्यक्ष तुलसीप्रसाद कोईराला, सामुदायिक रेडियो प्रसारक संघका सचिब बन्दना दनुवार लगायतले कार्यपत्र माथि टिकाटिप्पणी गर्दै आआफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया

%d bloggers like this: