मङ्ल, बैशाख २८, २०७८
Tue, May 11, 2021

डेङ्गु नियन्त्रणमा सामुहिकता

उदयपुर, भदौ ३१ गते ।

उदयपुरमा डेङ्गु रोगको प्रकोप बढेपछि एक सर्वपक्षीय बैठक गरि सामुहिकरुपमा नियन्त्रनमा लाग्ने निर्णय भएको छ ।

मङ्गलबार त्रियुगा नगरपालिकाले बैठकको आयोजना गरि यस्तो निर्णय भएको हो ।

प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरु, जनस्वास्थ्य, निजि स्वास्थ्य संस्था, टोलविकास संस्था, नागरिक समाज पत्रकार लगायतको उपस्थितिमा भएको बैठकले तुरुन्त नियन्त्रणको गतिविधीमा लाग्ने निर्णय भएको हो । नगर पालिकाले बिरामीलाई निस्शुल्क रोग परिक्षणका लागि सय थान कीट प्रदान गर्ने भएको छ ।

उदयपुरमा हालसम्म ९७ जनामा रोग फेला परेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सबैभन्दा धेरै कटारी नगरपालिकामा देखिएका छन् ।

बजारका नीजि हस्पिटल तथा क्लिनिकहरुमा ४ सय ५० रुपैया पर्ने कीट परिक्षण २ हजारबढि असुलेको पाईएपछि अबका दिनमा ६ सय मात्र लिन पाउने निर्णय भएको छ । साथै घरघर, टोलमा सरसफाई, खाल्टो पुर्ने, औषधी छिट्ने निर्णय भएको छ ।

प्रतिक्रिया

%d bloggers like this: