शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

कर्जा प्रवाहबारे अन्तरक्रिया

उदयपुर, भदौ ३१ गते ।

त्रियुगा नगरमा प्राथमिकता प्राप्त एबम् उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह सम्बन्धि समन्वयात्मक अन्तरक्रिया कार्यक्रम मंगलबार गाईघाटमा सम्पन्न भयो ।

त्रियुगा नगरपालिकाको आयोजना भएको कार्यक्रममा जिल्लामा सेवा प्रवाह गरिरहेका नीजि बैंकका प्रतिनिधीहरुको सहभागिता रह्यो । उद्यमी, उद्योग वाणिज्य संघ, पत्रकारसमेतको सहभागिता रहेको कार्यक्रममा हाल प्रवाह भईरहेका बैंकिङ सेवा, बित्तिय सेवा र उद्यमशील गतिबिधीलाई गरिबी निवारणमुखी बनाउनु पर्नेमा जोड दिइएको छ ।

नगर क्षेत्रमा हुने बैकिङ तथा बित्तिय सेवा तथा गतिबिधीलाई नगरको समृद्धि र विकाससंग जोड्ने उद्देश्यका साथ कार्यक्रम गरिएको मेयर बलदेव चौधरीले बताए ।

कार्यक्रममा बैंक शाखा मेनेजरहरुले बैंकको सेवा सुबिधाको बारेमा अझ धेरै बुझ्न बाँकि रहेको भन्दै जानकारिमुलक कार्यक्रम आबश्यक रहेको बताए । उद्यम, ब्यबसायका लागि भन्दा पनि ऋण लिनकै लागि बढिजसो आउने गरेको अनुभव सुनाए । यसरी उन्नति भन्दा अबनोति हुने भन्दै सचेतनाको आबश्यकता रहेको बताए । कतिपय सेवा सुबिधाहरु हुने खाने भन्दा हुदा खानेका लागि रहेपनि हुनेखानेकै हालिमुहाली रहेको देखिएको छ । उनीहरुले स्थानीय सरकारसंग सहकार्य र समन्वय गर्ने प्रतिवद्धता पनि जनाए ।

स्वास्थ्य, शिक्षित, उद्यमशील हाम्रो शहर, समुन्नत, समावेशी, समृद्ध त्रियुगा नगर भन्ने नारालाई सार्थक तुल्याउन लागिपरेको मेयर चौधरीले बताए ।

प्रतिक्रिया

%d bloggers like this: