बुध, बैशाख २९, २०७८
Wed, May 12, 2021

विद्यार्थीलाई ब्याच वितरण

उदयपुर, असोज १ गते । 

उदयपुरको दुई विद्यालयमा म अघि बढ्छु अभियानको लोगो वितरण बुधबार भएको छ । त्रियुगा नगरपालिका ३ र ४ वडास्थित विद्यालयहरुमा मेयर बलदेव चौधरीले लोको वितरण गरेका छन् ।

वडा नं. ३ को रामजानकी माध्यामिक विद्यालयमा एक समारोहकाबीच १ सय ८५ जना विद्यार्थीलाई लोगो वितरण गरिएको थियो भने वडा नं. ४ को राष्ट्रिय मावि बगाहामा २ सय ६० जना विद्यार्थीलाई लागो वितरण गरिएको थियो । लोगो वितरण गरिएका विद्यालयहरुमा यसअघि नै सगरमाथा टिन्स क्लवहरु गठन गरिएका थिए । क्लव आवद्ध कक्षा ९ देखि १२ कक्षासम्मका १३ वर्षदेखि १९ वर्षसम्मका विद्यार्थीहरुलाई ब्याच वितरण गरिएको हो । ती विद्यालयहरुमा शिक्षक नायक समेत तोकिएका छन् ।

अभियानका जिल्ला मुख्य प्रशिक्षक तुलसी चौलागाईका अनुसार क्लवको पहिचानका लागि लोगो वितरण गरिएको हो । क्लवलाई असल नागरिक बन्ने प्रारम्भिक थलोको रुपमा लिइएको छ ।

ब्याच वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चौधरीले किशोरकिशोरी नै भविष्यको असल नागरिक र राष्ट सञ्चालक समेत रहेकाले उनीहरुलाई असल नागरिक बनाउन आफु र नगर सधै लागी पर्ने बताए ।

कार्यक्रमको सञ्चालन सम्बन्धीत विद्यालयका शिक्षक नायकले गरेका थिए भने अध्यक्षता प्रधानाध्यापकले गरेका थिए ।

प्रतिक्रिया

%d bloggers like this: