शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

संविधान दिवसमा रक्तदान

उदयपुर/असोज, ४

संविधान दिवसको अवसरमा गाईघाटमा रक्तदान कार्यक्र शनिबार भएको छ । यस दिवसको अवसरमा बिभिन्न कार्यक्रहरुका साथ रक्तदान कार्यक्र पनि राखिएको हो । अहिले धरै बिरामीहरुले रगत नपाएर उपचारको लागि समस्यामा पर्ने अवस्थालाई मध्यनजर गरी रक्तदान कार्यक्रमलाई अघि बढाएको जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले बताए ।मानव जिवनका लागि रगतको निकै महत्व रहेको भन्दै उपचारमा सरल पुराउने उदेश्यले रक्तदान कार्यक्रम गरिएको थियो । “संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षउल्लासका साथ मनाऔँ घरघरमा दिपावली गरौँ र राष्ट्रिय झण्डा फहराऔँ” भन्ने मुल नाराका साथ उदयपुरमा पनि संविधान दिवस भव्य मनाइयो । संघिया साम्सद शुरेस कुमार राई लगाएतले रक्तदान गरेका थिए ।संविधान दिवस जिल्ला समारोहको आयोजना, रेडक्रस सोसाईटीको सहकार्य र जिल्ला समन्वयन समितिको आयोजनामा कार्यक्रम गरिएको थियो ।

 

 

प्रतिक्रिया

%d bloggers like this: