शनि, जेष्ठ १, २०७८
Sat, May 15, 2021

बन्चरोले हानेर २ जना घाईते

ओखलढुङ्गा असोज ५ गते ।

ओखलढुङ्गाको मानेभञ्ज्याङमा हर्कजित राईले घरेलु हतियार बन्चो प्रहार गरी दुई जनालाई घाईते बनाएका छन् । मानेभञ्ज्याङ गाउँपालिका–१ मोली फस्कु निबासी ५५ वर्षीय राईले घरायसी विवादमा बन्चरो प्रहार गरी विश्रबहादुर राई र उनको श्रीमति रत्नमाया राईलाई घाईते बनाएका हुन् ।

गतराती करिब ११ बजे ७२ वर्षीय विश्रबहादुर र उनको श्रीमति ६५ वर्षीय रत्नमायालाई शरिरको विभिन्न भागमा बन्चरोले हानेर गम्भिर घाईते बनाएको प्रहरीले जनाएको छ । घाईते दुवै जनालाई उपचारको लागि मिसन अस्पताल ओखलढुङ्गा पठाएको प्रहरीले जनाएको छ ।

बन्चारो प्रहार गर्ने राईलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ल्याईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

%d bloggers like this: